Sorry, your browser does not support JavaScript! द्वन्द्वको घाउ निको हुन समय लाग्ने राष्ट्रपतिको भनाइ – Merodesh.news

द्वन्द्वको घाउ निको हुन समय लाग्ने राष्ट्रपतिको भनाइ

काठमाडौं २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छिन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकोे आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संसद्मा दर्ता भएको आयोगको संशोधन विधेयकका सम्बन्धमा आयोगले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संसद्मा पेश गरिने जानकारी दिँदै मानवअधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको बताइन् ।

नेपालको संविधानको धारा २ सय ९४ अनुसार प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा दण्डहीनताको अवस्था अन्त्य नभएको बताए । उनले आयोगका सबै सिफारिस कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे । कानूनी अपर्याप्तताले चुनौतीका बीच आयोगले संविधान, ऐन र रणनीतिक योजनामा केन्द्रीत भई विगतबाट लिएको अनुभवका आधारमा कामकारवाहीलाई समयानुकूल अगाडि बढाइरहेको उनको भनाइ छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

राष्ट्रियसभा अधिवेशन अन्त्य
राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी[...]

हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे
हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे

विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् । शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी[...]