Sorry, your browser does not support JavaScript! चीन–अमेरिका व्यापार घट्दो - Merodesh.news

चीन–अमेरिका व्यापार घट्दो

बेइजिङ २२ मङ्सिर । अमेरिकासँग गत नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् ।

अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कम हुँदा ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको छ । चिनियाँ भन्सार विभागका अनुसार अमेरिकाबाट हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको मालबस्तु आयात भएको छ ।

तर चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार आएको छ जसका कारण चीनको कूल व्यापार घाटामा कमी आएको छैन ।
विश्वव्यापी रुपमै मागमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा निकासीतर्फ १.१ प्रतिशत वृद्धि भई करिब २ सय २२ अर्ब अमेरिकी डलर पुगेको छ ।

आयातमा भने ० दशमलब ३ प्रतिशत वृद्धि भएको छ । चीनले यस अवधिमा १ सय ८३ अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवा खरिद गरेको छ ।

अमेरिका र चीनबीच व्यापार वार्ता जारी रहेपनि ठोस सहमति अझै हुन सकेको छैन । अमेरिकी प्रविधि जबर्जस्ती चीनले हत्याएको आरोप लगाउँदै वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै सुरु गरेको छ ।

दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि विश्वव्यापी आर्थिक मन्दीको सम्भावना बढेको छ

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]