Sorry, your browser does not support JavaScript! सुत्केरीको मृत्युपछि नाेवेल मेडिकल कलेजमा प्रदर्शन - Merodesh.news

सुत्केरीको मृत्युपछि नाेवेल मेडिकल कलेजमा प्रदर्शन

विराटनगर २२ मंसिर । उपचारमा लापरवाही हुँदा सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले विराटनगर स्थित नोवेल मेडिकल कलेजमा नाराबाजी गरेका छन् ।

शुक्रबार दिउँसो प्रसूतिका लागि भर्ना भएकी मोरङको लेटाङ नगरपालिका ६ की २८ वर्षीया जानुका श्रेष्ठको उपचारकै क्रममा शनिबार मृत्यु भएपछि आफन्तले आइतबार दिनभर विराटनगर ४ स्थित नोवेल मेडिकल कलेज अस्पताल घेराउ गरी नाराबाजी गरेका हुन् ।

शुक्रबार भर्ना भएकी जानुकाको साँझ १० बजे अप्रेशन भएको थियो । उनले छोरा जन्माएकी थिइन् । तर अप्रेसनपछि उनलाई अत्यधिक पिडा भएको थियो । त्यसबारे पटक पटक जानकारी गराउँदा पनि डाक्टरले हेरचाह गर्न वेवास्ता गर्दा उनको मृत्यु भएको आफन्तको आरोप छ ।

अप्रेसनमा लापरवाही भएकोले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाहीको माग गरेका छन् । लेटाङबाट आएका एक सय बढी आफन्त तथा छिमेकीले दिनभर अस्पताल घेराउ गरेपछि नोवेल प्रशासनले प्रहरीसँग गुहार मागेको थियो ।

प्रहरीले घेराउ गर्नेहरुलाई सामान्य बल प्रयोग गरेर साँझ अस्पताल बाहिर निकालेको छ । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही नगरेसम्म  संघर्ष जारी राख्ने र कानुनी कारवाहीमा जाने आफन्तले बताएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली
नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल[...]

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]