Sorry, your browser does not support JavaScript! ग्यास लिक प्रकरण : दाहालको मृत्यु शंकास्पद - Merodesh.news

ग्यास लिक प्रकरण : दाहालको मृत्यु शंकास्पद

विराटनगर, २२ मंसिर । आइतबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका जयप्रसाद दाहालको मृत्यु शंकास्पद भएको प्रहरीले बताएको छ । शनिबार साँझ विराटनगर २ स्थित घरमा एक्लै बसेका ७४ वर्षीय दाहाल आइतबार बिहान आधा जलेको अवस्थामा मृत भेटिएका थिए ।

दाहालको घाँटीमा गहिरो चोट देखिएका कारण घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । शनिबार दिउँसो कामाडौंबाट आएका दाहाल साँझ राधेश्याम दराकको घरमा खाना खाएर घर आएका थिए । राधेश्यामले दाहालको शव भेटिएको घरमा भाडामा प्रयोग गर्दै आएका थिए । दाहालले घर बिक्री गर्ने बताएपछि उनले केही दिनअघि मात्र घर खाली गराएका थिए ।

शनिबार आफ्नै घरमा खाना खाएर फर्किएका दाहाललाई आइतबार बिहान भेट्न आउँदा ढोका नखोलेपछि छिमेकीलाई बोलाएर ढोका खोल्दा मृत भेटिएको राधेश्यामले प्रहरीसमक्ष बयान दिएका छन् । काठमाडौं बसोबास गर्दै आएका दाहाल शनिबार विराटनगर आएका थिए । कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्रीका लागि आएको बताइएको छ ।

आधा जलेको शरिरमा चोट पटक भएका कारण दुर्घटना नभइ हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल नजिकै चक्कु भेटिएको छ । भान्सा कोठा नजिकै रहेको कोठामा सुतेका दाहालको ओछ्यान नजिकै ग्यासको सिलिण्डर जलेको अवस्थामा भेटिनुले पनि घटना शंकास्पद देखिएको अधिकारीले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]