Sorry, your browser does not support JavaScript! बंगलादेशविरुद्ध खेल्ने नेपालको ‘प्लेइङ सेट’ सार्वजनिक - Merodesh.news

बंगलादेशविरुद्ध खेल्ने नेपालको ‘प्लेइङ सेट’ सार्वजनिक

काठमाडौं, २२ मंसिर । नेपालमा तेस्रो पटक भइरहेको दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि शुरु हुने लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् ।

यस खेलमा नेपाल साग फुटबलको फाइनल प्रवेश गर्ने दाउमा छ । नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । यता, नेपालको प्रतिद्वन्द्वी बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन । यद्यपि, बंगलादेशले नेपाललाई हराएमा ‘हेड टू हेड’का आधारमा बंगलादेश फाइनलमा पुग्नेछ ।

नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्नेछन् । नेपालसँग मात्रै पराजित भुटान भने फाइनलमा पुगिसकेको छ ।

यस खेलका लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ । नेपालका प्रशिक्षक बालगोपाल महर्जनले शनिबार माल्दिभ्सविरुद्ध खेलेको टोलीलाई नै मैदान उतार्ने छन् । नेपाली टिममा विकेश कुथु, अनन्त तामाङ, छिरिङ गुरुङ, सुमन अर्याल, विक्रम लामा, मिक्चेन तामाङ, अभिषेक रिजाल, सुनिल बल, तेज तामाङ, रेजिन सुब्बा र सुजल श्रेष्ठ रहेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]