Sorry, your browser does not support JavaScript! कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे - Merodesh.news

कोहलपुर अझै तनावग्रस्त : आन्दोलनकारीले प्रहरी कार्यालयको चमेनागृहमा आगजनी गरे

कोहलपुर, २२ मंसिर । कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेका छन् ।

प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा चमेनागृहमा आगजनी गरिएको हो ।

निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् ।

sdaf

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो । आन्दोलनले उग्ररूप लिएपछि कोहलपुरमा प्रहरीले गोलीसमेत चलाएको थियो । गोली लागेर त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका छन् ।

अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । तनावग्रस्त बनेपछि कोहलपुर बजार पूर्णरुपमा बन्द भएको छ । अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीहरुले संयमता अपनाउन आग्रह गरेका छन् । कोहलपुरमा थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई आग्रह गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए ।

उनले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताए । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दको ट्रकको ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय
गाडीमुनि राखिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय

महेत्तरी, २३ मंसिर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रििय गरेको छ । डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम[...]

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, २३ मंसिर । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय[...]

पान ढिलो बनाइदिएको भन्दै पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे
पान ढिलो बनाइदिएको भन्दै पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे

विराटनगर, २२ मंसिर । मादक पदार्थ सेवन गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापकले पान पसल तोडफोड गरेका छन् । शनिबार साँझ उपप्राध्यापक उद्धव मिश्रले मापसे गरी ट्राफिक चोकमा रहेको[...]