Sorry, your browser does not support JavaScript! रियल मड्रिड छोड्नु ठूलो गल्ती भएको रोनाल्डोद्वारा स्वीकार ! - Merodesh.news

रियल मड्रिड छोड्नु ठूलो गल्ती भएको रोनाल्डोद्वारा स्वीकार !

एजेन्सी, २२ मंसिर । अघिल्लो सिजन मात्र इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो रियल मड्रिड छोडेकोमा पछुतो मानिरहेकाे बताइएको छ । स्पेनिस क्लब रियल छोडेको १८ महिनापछि ३४ वर्षीय रोनाल्डोले रियल छोड्नु आफ्नो गल्ती भएको स्वीकारेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

‘एबीसी’ टेलिभिजनका अनुसार रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले तलब वृद्धि गर्ने बताउँदै रोनाल्डोलाई क्लबमै बस्न अनुरोध गरेका थिए । तर, रोनाल्डोले भने पेरेजको प्रस्ताव अस्वीकार गर्दै २०१८ मा इटालीमा अनुबन्ध भएको उक्त टिभीले जनाएको छ । तर, अहिले आफूले ठूलो गल्ती गरेको रोनाल्डोले स्वीकार गरेको एबीसी टिभीले दाबी गरेको छ । उक्त टिभीका अनुसार पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले अहिले आफ्ना पूर्वसहकर्मीहरूलाई धेरै नै ‘मिस’ गरिरहेका छन् ।

पछिल्लो समय ‘लय समात्न नसकेको’ भन्दै रोनाल्डोको आलोचना भइरहेको छ । यस सिजन १२ खेलबाट मात्र ७ गोल गरेका रोनाल्डोको प्रदर्शनका आधारमा उनकै समर्थकहरू पनि खुशी छैनन् । गरेको ७ गोलमध्ये पनि तीन गोल पेनाल्टीमै गरेका हुन् । उनै रोनाल्डोले अहिले आएर ला लिगा छोडेर सिरी ‘ए’ खेल्न आएकोमा आफूलाई गल्ती गरेको महशूस भएको बताएको एबीसी टिभीको दाबी छ ।

१०० मिलियन युरोमा इटालियन च्याम्पियन क्लब युभेन्टस आएका उनले क्लबलाई २ वटा उपाधि दिलाएका छन् । पछिल्लो समय टोलीको खस्कँदो प्रदर्शनका कारणले पनि उनमा यस्तो सोच आएको बताइएको छ । यो सिजन अपराजित रहेको युभेन्टसको शनिबार मात्र अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

शनिबार राति भएको सिरी ‘ए’ अन्तर्गतको खेलमा लाजियोसँग पराजित भएपछि युभेन्टसको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । यसअघि युरोपका शीर्ष पाँच लिगमा एक मात्र अपराजित टोलीको रूपमा युभेन्टस थियो । सिजनको लगभग बीचसम्म आइपुग्दासम्म उसले हार ब्यहोरेको थिएन । तर, शनिबार उसले लाजियोसँग ३–१ गोलको हार ब्यहोरेको हो ।

लाजियोकै घरेलु मैदानमा भएको उक्त खेलमा युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा सुरुआती अग्रता बनाएको थियो । रोनाल्डोले खेलको २५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा, ७४औं मिनेटमा र खेलको इन्जुरी समयमा गोल खाएपछि ऊ स्तब्ध बनेको थियो । हाल युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा छ । युभेन्टससँग ३६ अंक छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग भने ३८ अंक छ ।

रोनाल्डो आउँदो फेब्रुअरीबाट ३५ वर्ष लाग्दैछन् । पाँच पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका उनले सार्वजनिक रूपमा भने रियल छोडेकोमा पछुतो मानेका छैनन् । तर, उनी बर्नाबेउमा भएको भए पछिल्ला दुई बालोन डी‘ओर आफैँले जित्ने महशूस गर्छन् । सन् २०१८ मा रियलका लुका मोड्रिकले जितेका थिए भने २०१९ मा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]