Sorry, your browser does not support JavaScript! प्रधानमन्त्री मोदीद्वारा आगलागी पीडितलाई राहत घोषणा, सञ्चालक फरार - Merodesh.news

प्रधानमन्त्री मोदीद्वारा आगलागी पीडितलाई राहत घोषणा, सञ्चालक फरार

नयाँ दिल्ली, २२ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । उनले आइतबार प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी राहतको घोषणा गरेका हुन् ।

उनले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् । सो रकम आगलागीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार विहान भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले घाइतेहरुलाई भने प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

नयाँ दिल्लीको रानी झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एउटा कारखानामा आगलागी भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । आगलागी भएको ठाउँबाट झण्डै ६२ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

कारखानाका सञ्चालक फरार

नयाँ दिल्लीमा आगलागी भएको कारखानाका सञ्चालक फरार भएका छन् । नयाँदिल्लीस्थित अनाज मण्डीमा रहेको कारखानाका सञ्चालक सम्पर्क विहिन रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । ंकारखाना सञ्चालकलाई फौजदारी अभियोग लाग्ने भारतीय कानुनमा व्यवस्था भएपनि उनी फरार रहेको प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीले फरार भएका कारखाना सञ्चालकको खोजी भइरहेको र घटनाका बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको जनाएको छ । रासस

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]