Sorry, your browser does not support JavaScript! भारतविरुद्ध गल्ती कम गरेर स्वर्णका लागि खेल्छौं : प्रशिक्षक खड्का - Merodesh.news

भारतविरुद्ध गल्ती कम गरेर स्वर्णका लागि खेल्छौं : प्रशिक्षक खड्का

पोखरा, २२ मंसिर । नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपालले चीरपरिचित प्रतिस्पर्धी भारतसँग स्वर्णका लागि खेल्दैछ । नेपालले स्वर्णपदकका लागि भारतसँग सोमबार (भोलि) खेल्दैछ ।

नेपाल शनिबार भएको लिग चरणको अन्तिम खेलमा भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो । लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले शनिबारको खेल औपचारिकताका लागि मात्र थियो ।

तर, उक्त खेलमा भारतको जित निकाल्यो । खेलको पहिलो हाफको १८औँ मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बन्यो । डेङ्गमी ग्रेनसले प्रहार गरेको ‘कर्नर किक’लाई अनमार्क रहेकी एनजी देवीले हेडमार्फत सेकेण्ड बार च्याप्दै बललाई पोष्टको दिशा दिएकी थिइन् । खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । नेपालका फरवार्ड सावित्रा भण्डारीलाई विपक्षी खेलाडीले आज खुलेर खेल्ने मौका नै दिएनन् ।

उक्त खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भारतविरुद्ध गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताए । उनले भने, ‘विपक्षी टोलीले पाएको कर्नर बल रोक्न नसोक्नु टोलीका लागि दुर्भाग्य थियो । तर, फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्छौं ।’

समूह चरणका तीन खेल जितेको भारत ९ अंकसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै ६ अंकका साथ समूह उपविजेता बन्यो । महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ ।

यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]