Sorry, your browser does not support JavaScript! लिभरपुलसँग १४ अंकले पछाडि परेपछि सिटीका प्रशिक्षकले भने, ‘अब अर्को सिजन राम्रो हुनेछ’ - Merodesh.news

लिभरपुलसँग १४ अंकले पछाडि परेपछि सिटीका प्रशिक्षकले भने, ‘अब अर्को सिजन राम्रो हुनेछ’

एजेन्सी, २२ मंसिर । प्रिमियर लिगको साबिबको विजेता म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अब आगामी सिजन राम्रो खेल्ने बताएका छन् । शनिबार राति म्यानचेष्टर युनाइटेडसँग आफ्नै मैदानमा हार ब्यहोरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिटीले आफ्नै मैदानमा भएको खेलमा युनाइटेडसँग १–२ गोलले हार ब्यहारेको थियो । हारसँगै लिगको तेस्रो स्थानको सिटी लिभरपुलभन्दा १४ अंकले पछाडि परेको छ । शीर्ष स्थानको लिभरपुलसँग ४६ अंक हुँदा सिटीसँग ३२ अंक छ । दोस्रो स्थानको लेइस्टर सिटीसँग ३५ अंक छ ।

sdaf

युनाइटेडसँगको खेलपछि उनले पत्रकार सम्मेलनमा भने, ‘हामी एक, पाँच, दस नम्बर नभएर १४ अंकले पछि छौं । तर, हामीलाई निरन्तरता दिनु छ । यदि, हाम्रो अवस्था टेबलमा नराम्रो भएमा अर्को सिजनमा प्रयास गर्नेछौं ।’

‘हाम्रो अर्को सिजन राम्रो हुनेछ, अथवा हामी आगमी सिजनमा भाग्यमानी साबित हुनेछौं,’ उनले थपे, ‘अर्को सिजन साँच्चै राम्रो हुनेछ ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]