Sorry, your browser does not support JavaScript! विरोधपछि अक्षयले त्यागे क्यानडियन नागरिकता, दिए भारतीय पासपोर्टको लागि आवेदन - Merodesh.news

विरोधपछि अक्षयले त्यागे क्यानडियन नागरिकता, दिए भारतीय पासपोर्टको लागि आवेदन

विराटनगर, २२ मंसिर । बलिउड अभिनेता अक्षय कुमार अहिले राष्ट्रियताको सवालमा चर्चामा छन् । अहिलेसम्म १५० वटाभन्दा बढी फिल्म खेलिसकेका उनले क्यानेडियन नागरिकता लिएको भन्दै विभिन्न टीका–टिप्पणी भइरहेको छ ।

यसै टीका–टिप्पणीबीच अक्षयले क्यानडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् । शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकामा बोल्दै उनले आफूले लगातार फिल्म फ्लप भएका कारण क्यानडाको पासपोर्ट लिएको र आफू भारतीयन नै भएको बताए ।

५२ वर्षीय अक्षयले कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने बताए । उनल भने, ‘म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुःख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो । मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । ’

‘एक समय थियो, जब एक पटक मेरो १४ वटा फिल्म फ्लप भएका थिए,’ उनले सो अन्तर्वार्ताका क्रममा भने, ‘लगातार फिल्म फ्लप भएपछि मलाई के गरुँ के गरुँ भन्ने लाग्यो । त्यसपछि मेरो नजिकको साथीले क्यानडा आएर काम गर्न सल्लाह दियो । त्यसपछि मैले क्यानडाको पासपोर्टको लागि तयारी सुरु गरेँ । तर मेरो १५ औँ फिल्म सफल भयो ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]