काठमाडौं, २२ मंसिर । नेपालमा तेस्रो पटक भइरहेको दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने समूह चरणको खेलमा नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।
दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ । यस खेलमा नेपाल साग फुटबलको फाइनल प्रवेश गर्ने दाउमा छ । नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । यता, नेपालको प्रतिद्वन्द्वी बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन ।
यद्यपि, बंगलादेशले नेपाललाई हराएमा ‘हेड टू हेड’का आधारमा बंगलादेश फाइनलमा पुग्नेछ । नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्नेछन् ।
नेपालसँग मात्रै पराजित भुटान भने फाइनलमा पुगिसकेको छ । ऊ ४ खेलबाट ९ अंकसहित फाइनल पुग्ने पहिलो टोली बनेको हो । नेपालको ७ अंक छ भने बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्ससँग भने समान २–२ अंक रहेको छ ।
माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको थियो ।
भूटानविरुद्व ४–० को जित निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो । सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ ।
दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ । त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २-२ अङ्क रहेको छ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।