Sorry, your browser does not support JavaScript! जाडोको समयमा तात्तातो ‘चिकेन थुक्पा’ बनाउने विधि - Merodesh.news

जाडोको समयमा तात्तातो ‘चिकेन थुक्पा’ बनाउने विधि

विराटनगर, २२ मंसिर । जाडोको समयमा पटकपटक भोक लाग्ने गर्छ । जाडोमा तातो खानेकुरा खान मन लाग्ने हुन्छ । जाडोमा तातो पोषकतत्वले भरिएको थुक्पा खाँदा जाडो त्यसै भागेर शरीर न्यानो हुने गर्छ । सजिलो विधि भएको हुँदा भुलुक्क उमालेपछि केही समयमा नै थुक्पा खान तयार भइहाल्छ ।

बजारमा सजिलै किन्न पाइने विभिन्न सब्जीहरूको प्रयोग गरिएर पकाएको थुक्पाले शरीरलाई ऊर्जा दिनुका साथै फाइदा पनि गर्छ । थुक्पामा चिकेन राखेर पकाउन सकिन्छ । चिकेन र सब्जी राखेर पकाएको थुक्पाको स्वाद पनि निकै मीठो हुन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा फरक स्वादका लागि मानिसहरू थुक्पा खान निकै रुचाउँछन् ।

मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

थुक्पा बनाउन चाहिने सामग्री–

उमालिएको थुक्पा नुडल्स, हड्डी नभएको चिकेन, मसिनो गरेर काटेको सब्जी (गाँजर, क्याप्सिकम, बन्दा, मटर, हरियो प्याजको प्रयोग गर्न सकिन्छ) टमाटरको पेस्ट, प्याज, लसुनअधुवाको पेस्ट, नुन, खुर्सानी, मसला, हरियो धनियाँ, बेसार, दुई चम्चा तेल, कागती

थुक्पा बनाउने विधि–

एउटा भाडोमा तेल राखेर सानो सानो गरि काटिएको चिकेन भुट्ने, खैरो भएपछि राम्रोसँग चलाउने र फ्राइ हुन छाडिदिने र फ्राइ भएपछि चिकेनलाई छुट्टै निकाल्नु पर्छ । बचेको तेलमा प्याज, लसुन अदूवाको पेस्ट राखेर भुट्ने, त्यसपछि टमाटरमा नुन, खुर्सानी तथा मसला हालेर राम्रोसँग चलाएर पकाउनु पर्छ ।

टमाटर मसलासँग गल्न सुरु भएपछि माथिका सबै सब्जीहरू राम्रोसँग मिक्स गर्नुहोस् । यी सब्जीहरू काँचै खान मिल्ने भएकोले दुई–तीन मिनेट मात्रै पकाउँदा पुग्छ । सबै सब्जीहरू भुटेपछि पानी राखेर उमालेर यसमा नूडल्स राख्नुहोस् । चलाउँदै एक मिनेट पकाएपछि हरियो धनियाँ, चिकेन र कागतीको रस निचोरेर चिसोमा तात्तातो थुक्पाको सेवन गर्नुहोस् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ
जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो[...]

जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव
जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव

विराटनगर, ८ कात्तिक । शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व[...]