Sorry, your browser does not support JavaScript! दिल्लीमा भएको आगलागीमा ३२ जनाको मृत्यु - Merodesh.news

दिल्लीमा भएको आगलागीमा ३२ जनाको मृत्यु

भारत । भारतको राजधानी दिल्लीस्थित रानी झाण्डी रोडमा रहेको खाद्यान्न पसलमा भएको आगालागीमा ३२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा ३२ जनाको मृत्यु भएको दिल्ली पुलिसले जानकारी दिएको छ ।

आगलागीमा परी घाइते भएकाहरुलाई लोकनायक अस्पतालमा भर्ना गरिएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा नआएको र घाइते तथा मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२५ वटा वारुणयन्त्र आगो निभाउन खटिएका छन् । ५० जना भन्दा बढीलाई आगो लागेको स्थानबाट उद्दार गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]