Sorry, your browser does not support JavaScript! मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानादार जित, रियललाई उछिन्दै शीर्ष स्थानमा - Merodesh.news

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानादार जित, रियललाई उछिन्दै शीर्ष स्थानमा

विराटनगर, २२ मंसिर । स्पेनिस ला लिगाअन्तर्गत साबिकको विजेता बार्सिलेनाले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आरसीडी मल्लोर्काविरुद्ध ५–२ गोलान्तरको जित निकालेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने एन्टोइन ग्रिजम्यान र लुइस स्वारेजले समान एक–एक गोल गरे । यता, पराजित टोली मल्लोर्काका लागि एन्टे बुडिमिरले २ गोल लगाए ।

बार्सिलोनाले ग्रिजम्यानको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ग्रिजम्यानले सातौँ मिनेटमा गोल गरी बार्सालाई अग्रता दिलाउँदा खेलको १७औं मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । तर, खेलको ३५औं मिनेटमा पाहुना टोलीका बुडिमिरले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए ।

फेरि कप्तान मेस्सीले खेलको ४१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाउँदा स्वारेजले ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि ४–१ गोलको अग्रता बनाए । यसैगरी खेलको ६४औं मिनेटमा मल्लोर्काका लागि पुनः बुडिमिरले गोल गर्दै खेलको अस्था ४–२ गोलको बनाए । तर, मेस्सीले खेलको ८३औं मिनेटमा गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे । मेस्सीको तेस्रो गोलमा बार्सिलोनाले ५–२ गोलान्तरले उक्त खेल जित्यो ।

यस जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको । उसले १५ खेलबाट ३४ अंक बनाएको छ । समान अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । समान ३४ अंक भएको रियल गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]