Sorry, your browser does not support JavaScript! भूटान साग फुटबलको फाइनलमा - Merodesh.news

भूटान साग फुटबलको फाइनलमा

काठमाडौं २१ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत भूटान पुरुष फुटबलको फाइनलमा पहिलो पटक पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान स्वर्ण पदक नजिक पुग्न सफल भएको हो ।

भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो । आइतबार हुने नेपाल र बङ्गलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्नेछ । चार खेलमा नौ अङ्क जोड्दै भूटान शीर्षस्थानमा रहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]