Sorry, your browser does not support JavaScript! इरान र अमेरिकाले छोडे एकअर्काका बन्धक - Merodesh.news

इरान र अमेरिकाले छोडे एकअर्काका बन्धक

तेहरान २१ मङ्सिर । संयुक्तराज्य अमेरिकामा गिरफ्तार गरिएका एक इरानी वैज्ञानिक तथा इरानले पक्राउ गरेका एक अमेरिकी अनुसन्धाता मुक्त भएका छन् । दुबै देशबीचको तनाब चरम स्थितिमा पुगेकै बेला दुबै देशले एकअर्का मुलुकका नागरिकलाई मुक्त गरिएको बताए ।

इरान सरकारले अमेरिकाले आफ्ना नागरिक एवं वैज्ञानिक मसुद सोलेमानीलाई मुक्त गरेलगत्तै इरानमा गिरफ्तार गरिएका अमेरिकी अनुसन्धाता झियू वाङलाई मुक्त गरिएको जनाएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै प्राध्यापक मसुद र झियू दुवै मुक्त भएकामा खुशी लागेको बताए । इरानी सरकारी समाचार संस्था इर्नाले मसुदलाई अमेरिकाले एक वर्षको गैरकानुनी नजरबन्द पुग्नै लाग्दा छाडेको जनाएको छ । ती इरानी प्राध्यापकलाई स्वीट्जरल्याण्डमा इरानी अधिकारीहरु समक्ष हस्तान्तरण गरिएको थियो ।

वासिङ्टनबाट जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षसम्म इरानमा बन्धक बनाइएका झियू मुक्त भएको र उनी अमेरिका फर्किन लागेको बताए । चीनमा जन्मेका अमेरिकी नागरिक झियूमाथि इरानमा जासूसी गरेको आरोपमा १० वर्षको जेल सजाय तोकिएको थियो ।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक झियू इरानी कजार वंश परम्पराको अनुसन्धानका क्रममा सन् २०१६ मा पक्राउ परेका हुन् ।

सोलेमान पनि तेहरानस्थित तारबाइट मोडेरस विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ट स्टेम सेल अनुसन्धाता हुन् । उनी सन् २०१८ मा अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए ।

अमेरिका र इरानबीच सन् १९८० देखि मात्र कुटनीतिक सम्बन्ध स्थापना भएको हो । दुबै मुलुकबीच सन् २०१८ देखि सम्बन्ध निकै चिसिएको छ । अमेरिकाले इरानी आणविक कार्यक्रम बन्द गराउन दबाब दिँदै इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]