Sorry, your browser does not support JavaScript! औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना - Merodesh.news

औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना

विराटनगर २१ मंसिर । नेपाल औषधि व्यवसायी संघ मोरङको प्रथम अधिवेशनले लक्ष्मिप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शुक्रबार विराटनगर स्थित वीरेन्द्र सभागृहमा भएको संघको प्रथम जिल्ला अधिवेशनसँगै भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी तिम्सिनाले प्रतिस्पर्धी हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले शनिबार बिहान २ वजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार तिम्सिनाले १ सय ८६ मत प्राप्त गरे । श्रेष्ठले १ सय ५८ मत ल्याए ।

निर्वाचनमा तिम्सिना समुहबाट उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष र दुई वटा सदस्य पदमा विजयी भएका छन् भने श्रेष्ठ समूहबाट कोषाध्यक्ष र एक जना सदस्य विजयी भए । निर्वाचनमा तिम्सिना समूहबाट उपाध्यक्षमा नेपाल औषधी संचालक संघ, केन्द्रीय तदर्थ समितिका संयोजक देशबन्धु ढकाल विजयी भएका छन् ।

त्यस्तै महासचिवमा तिम्सिना समूहका गोल्डेन हस्पिटलका संचालक दिनेश ठाकुर विजयी भए । सचिवमा हरिराज रेग्मीले कोषाध्यक्षमा विजयकुमार राजवंशी, सह–कोषाध्यक्षमा पुष्पराज पोखरेल, निर्वाचित भए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]