Sorry, your browser does not support JavaScript! विप्लवका कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ – Merodesh.news

विप्लवका कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

सङ्खुवासभा २१ मंसिर । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित शनिबार नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङबाट प्रहरीले पक्राउ गरेको छ ।

गौतमलाई बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला–१५ थान, सेप्टी फ्यूज ९.९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, एक थान मोबाइल र दुई थान सिमकार्ड बरामद गरेको छ ।

पक्राउ परेका गौतमबारे थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । तीन दिन अगाडि पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको स्कर्पियो गाडी खाँदबारी जाँदै गर्दा बिहीबार दिउँसो अज्ञात समूहद्वारा तोडफोड गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी
क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

हरि अधिकारी गत ६ तारिखका दिन संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा जुन आयतनमा शक्ति प्रदर्शन, तोडफोड र हिंसाचार प्रदर्शन भयो, त्यो यस महान् लोकतान्त्रिक[...]

हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण
हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण

विराटनगर/हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा[...]

राष्ट्रियसभा अधिवेशन अन्त्य
राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी[...]