जनकपुर,२१ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को कुस्ती खेलमा नेपालले पहिलो स्वर्ण जितेका छन् । नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् ।
५५ किलो तौल समूहमा उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई पराजित गरिन् । संगीताले ४ण्१ ले हराउँदै स्वर्ण जितेकी हुन् । सागको कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको हो ।