Sorry, your browser does not support JavaScript! साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार, सुधारिएन बजार - Merodesh.news

साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार, सुधारिएन बजार

काठमाडौं, २१ मंसिर । धितोपत्र बजारमा यो साता शेयर कारोवार सामान्य सुधार देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले दुई दिन उकालो नलागेपनि तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढेको थियो ।

साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर कारोवार भयो । सातामा एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भएको हो ।

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो । नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए ।

सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए । मगंलबार नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भयो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए ।

बुधबार नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुग्यो । १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिद बिक्री भयो ।

बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अङ्कले बढेर एक हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए ।

साताभर नेप्सेमा विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक, नागरिक लगानी कोष, एनएमबी ५०, माछापुच्छ्रे बैंकको ऋणपत्र र एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत भए ।रासस

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]