Sorry, your browser does not support JavaScript! १३ औं साग फुटबल : माल्दिभ्सलाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा - Merodesh.news

१३ औं साग फुटबल : माल्दिभ्सलाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । नेपाल राष्ट्रिय यू २३ फुटबल टोलीले शनिबार घरेलु मैदानमा माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो ।

माल्दिभ्समाथि बिजयी भएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । नेपालको जितमा अनन्त तामाङ र अभिषेक रिजालले गोल गरे ।

पहिलो हाफकाे  १९ औँ मिनेटमा गोल गर्दै माल्दिभ्सले अग्रता लिएको थियो । माल्दिभ्सका लागि इब्राहिम हुसेन गोल गरेका थिए । तर खेलको ४३ औं मिनेटमा नेपालका लागि अभिषेकले गोल गर्दै बराबरी गरे ।  पहिलो हाफ १–१ को बराबरी भएकाे थियाे ।

खेलको ५२ औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अनन्त तामाङले गोल गरे । सुनिल बलले प्रहार गरेको कर्नर किकलाई अनन्त तामाङले हेडमार्फत् सुन्दर गोल गरेका थिए। उनकै उत्कृष्ट गोलका कारण नेपाल समुश चरणको शीर्ष स्थानमा उक्लिएको हो ।

नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]