Sorry, your browser does not support JavaScript! भोजपुर–काठमाडौँ सीधा यातायात जोडियो - Merodesh.news

भोजपुर–काठमाडौँ सीधा यातायात जोडियो

भोजपुर २० मंसिर । भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौँ सीधा यातायात सुरु भएको छ ।

सुपर खोटाङ भोजपुर यातायात प्रालिले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि भाडासमेत निर्धारण गरि यातायात सेवा सुरु गरेको हो । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँमा सुमोको २ हजार र बसको १हजार ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

सुमो प्रत्येक दिन बिहान साढे ४ बजे भोजपुर डाँडागाउँ र पौने ६ बजे देउरालीबाट छुट्ने प्रालिका अध्यक्ष दिवाशन राईले बताए । अहिले सुमोबाट सेवा दिइने र यात्रुको चाप बढेमा आवश्यकतानुसार अरू यातायातका साधन सञ्चालन गरिने व्यवसायीले बताए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसँग व्यवहार राम्रो गर्न, तोकिएभन्दा बढी भाडा नलिन तथा सुरक्षित तवरले गन्तव्यसम्म पु¥याउन आग्रह गरे ।

सो मार्गबाट काठमाडौँ– भोजपुरको दूरी ३ सय ६६ किलोमिटर छ । यो भोजपुर– काठमाडौँको सबैभन्दा छोटो मार्ग हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]