Sorry, your browser does not support JavaScript! ‘मेस्सीले अर्जेन्टिनाबाट विश्व कप नजिती सन्यास लिने छैनन्’ - Merodesh.news

‘मेस्सीले अर्जेन्टिनाबाट विश्व कप नजिती सन्यास लिने छैनन्’

एजेन्सी, २० मंसिर । ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अबका केही वर्षमा बार्सिलोना छोड्न सक्ने बताएका छन् । ‘बेट फेयर’सँगको अन्तर्वार्ताका क्रममा स्पेनिस क्लब बार्सिलोनाबाट पाँच वर्ष खेलेका रिभाल्डोले यस्तो बताएका हुन् ।

पछिल्लो समय ३२ वर्षीय मेस्सीको सन्यासको विषयमा चर्चामा छ । धेरैले उनको सन्यासको विषयमा बोलिररहेका छन् । यस्तैमा विश्वकप विजेतासमेत रहेका रिभाल्डोले पनि मेस्सीको सन्यासको विषयमा बोलेका छन् । उनका अनुसार छैटौं पटक बालोन डी‘ओर जितेका मेस्सीले चाँडै नै सन्यास लिनेछन् ।

क्पाप नोउका पूर्वखेलाडी रिभाल्डोले भने, ‘मेस्सीले आफ्नो महत्त्वकांक्षी अवकाशका बारेमा बालोन डी‘ओर समारोहमा बोलेका थिए । जहाँ उनले आफूले अबका केही वर्षमा नै सन्यास लिने बताएका थिए । ३२ वर्षीय फुटबलरले आफ्नो भविष्यको बारेमा सोच्नु स्वभाभिक हो । तर, उनको भविष्यको कुरा बार्सिलोनासँग जोडिएको छ ।’

यस्तै रिभाल्डोले मेस्सीले चाँडै बार्सिलोना छोड्ने निर्णय लिन नसक्ने तर अबका केही वर्षभित्र यो निर्णय लिन सक्ने बताए । ‘यदि, उनी क्लबलाई महत्त्वपूर्ण अनुभव गर्छन् भने उनले अवार्डहरू जितिरहन्छन्,’ उनले थपे, ‘उनले चाँडै नै बार्सिलोनाबाट निस्किने र सन्यास लिने छैनन् तर अबका केही वर्षभित्र उनले यो निर्णय लिन सक्नेछन् ।’

‘यदि, उनलाई आफू टिमको अतिरिक्त हिस्सा बन्न सक्छुजस्तो लाग्छ र मुख्य फोकसमा लाग्न मन लाग्दैन भने उनलाई अर्को कुनै प्रतियोगिताका बारेमा सोच्नु जरुरी छ’, उनले थपे, ‘मेस्सी अझै पनि अर्जेन्टिनाबाट विश्व कप र कोपा अमेरिका जित्न चाहन्छन् । यसैले सायद उनी सन् २०२२ सम्म उत्कृष्ट स्तरमा सोही क्लबमा रहेर खेल्न सक्छन् । र, उनले त्यी काम नगरी सन्यास लिँदैनन् ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]