Sorry, your browser does not support JavaScript! जाडो भगाउनका लागि प्याजको सेवन - Merodesh.news

जाडो भगाउनका लागि प्याजको सेवन

विराटनगर, २० मंसिर । जाडो मौसम सुरु भइसकेको छ । चिसो बढेसँगै मानिसहरूले आफ्नो लगाउने पहिरन र खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । शरीरलाई तातो बनाउनका लागि बाक्लो कपडा र तातो पार्ने खानेकुराको सेवन गर्न जरुरी हुन्छ । विषेशगरी स्वस्थ रहन पौष्टिक आहार र सन्तुलित भोजनमा ध्यान दिनु पर्दछ । जाडोको समयमा प्याज खानु एकदम फाइदाजनक हुन्छ । प्याजलाई सबैजसो खानामा मिसाउन सकिन्छ । प्याज सलाद, तरकारी वा अचारमा स्वादका लागि प्रयोग गरिन्छ ।

आयुर्वेधका अनुसार प्याजमा विभिन्न औषधिय गुण पाइने भएकोले यसको सेवन गरेमा स्वास्थ्यका लागि लाभदायक हुन्छ । प्याजलाई उर्जाको स्रोत मानिने हुँदा प्याजको नियमित सेवनले शररिमा गर्मी पैदा गरी जाडो मौसममा शरीरलाई उर्जा प्रदान गर्दछ । प्याज फाइबर र पूर्ववायोटिकको मूख्य स्रोत भएकोले यसको सेवनले खाना पचाउन मद्दत गर्छ । प्याजमा कम मात्रामा क्यलारी हुने हुँदा यसले तौल घटाउन पनि मद्दत गर्छ ।

बिहान खाली पेटमा काँचो प्याज खाएमा पत्थरीको समस्या समेत हटेर जान्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्ने हुँदा नियमित रुपमा प्याज खानाले महिनावारीको बेला हुने पीडा कम गर्छ । प्याजको सेवनले दाँतमा लागेको किरा हटाएर, दाँतको पीडा शान्त गर्नुका साथै गिजा पनि बलियो हुन्छ ।

प्याजको सेवनले चिसो, जोरो, छालाको समस्या, कफको समस्या, नाकबाट रगत आउने समस्या पनि हराउँने गर्दछ । वैज्ञानिकहरूका अनुसार प्याजमा रोगप्रतिरोधी क्षमतामा वृद्धि गराउने शक्ति भएकोले प्याजको नियमित सेवनले टाउको, घाँटी, पेट तथा स्तनको क्यान्सरको खतरा कम गर्छ । प्याजमा रहेको गुणहरूले क्यान्सरको कोाषलाई मार्न मद्दत गर्ने हुँदा अनुसन्धानअनुसार काँचो प्याजले स्तन क्यान्सरबाट ६७ प्रतिशत जोखिम हटाउने पाइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ
जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो[...]