Sorry, your browser does not support JavaScript! सुनसरीको दुहबीमा एक अर्बको लागानीमा ‘वाटर पार्क’ निर्माण गरिँदै - Merodesh.news

सुनसरीको दुहबीमा एक अर्बको लागानीमा ‘वाटर पार्क’ निर्माण गरिँदै

विराटनगर, २० मंसिर । सुनसरीको दुहबीमा एक अर्बको लगानीमा ‘वाटर पार्क’ नामको बहुउद्देश्यीय पर्यटन केन्द्र निर्माण गर्ने तैयारी थालिएको छ । निजी, सरकारी र साझेदारी क्षेत्रको लगानीमा दुहबी नगरपालिकाभित्र ९ बिगाहा क्षेत्रफलमा ९३ करोड ३१ लख ५३ हजार लगानीमा बहुउद्देश्यीय पर्यटकीय केन्द्र ‘वाटर पार्क’ निर्माण गर्ने तैयारी थालिएको हो ।

पार्क निर्माणका लागि ८ करोड ९४ लाख बरावरको जमिन अधिग्रहण गरिनेछ । ७८ करोड २७ लाख पार्कको भौतिक निर्माणमा मात्र खर्च हुनेछ । बाल उद्यान, पौडी पोखरी, होमस्टे, रेष्टुरेन्ट र ठूला साना सभाहलहरू, फुटसल ग्राउण्ड, जिमखाना आदि वाटरपार्कभित्र समावेश हुनेछन् । पार्क निर्माणमा प्रदेश सरकारले पनि सघाउने भएको छ ।

झापा, मोरङ र सुनसरीबासीलाई लक्षित गरेर निर्माण गर्न लागिएको वाटर पार्कको बस्याल एण्ड कम्पनी प्रालिले डिपिआर तयार गरेको छ । बस्याल कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बस्यालले वाटरपार्कमा कम्तीमा दैनिक २ हजार जनाले भिजिट गर्नेछन् । समयमै लगानी जुटेमा ८ वर्षभित्रमा अन्तर्राष्ट्रियस्तरको वाटर पार्क निर्माण भइसक्ने उनको भनाइ छ ।

वाटर पार्कबाट सरकार र निजि क्षेत्र दुवैले राम्रो आम्दानी गर्नसक्ने भएकोले लगानी गर्नका लागि दुहबी नगरपालिका र एक नम्बर प्रदेश सरकार दुवैले लगानी गर्न आग्रह गरेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]