Sorry, your browser does not support JavaScript! साग : पौडीमा गौरिका सिंहको कीर्तिमान ! - Merodesh.news

साग : पौडीमा गौरिका सिंहको कीर्तिमान !

काठमाडौं, २० मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले राष्ट्रिय कीर्तिमानी बनाएकी छन् । तेह्रौँ सागअन्तर्गत महिला पौडीमा स्वर्ण पदक जितेकी गौरिकाले राष्ट्रिय कीर्तिमान बनाइन् ।

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा ओलम्पियन सिंहले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएको आफ्नै नाममा रहेको २ मिनेट ४१.२५ सेकेण्डको कीर्तिमानमा सुधार गरेकी हुन् ।

sdf

उनले बिहीबार भएको दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितेकी थिइन् । निर्धारित दूरी दुई मिनेट ०५ दशमलव ०६ सेकेण्डमा पूरा गरिन् । पौडीको व्यक्तिगत स्पर्धातर्फ गौरिकाले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]