Sorry, your browser does not support JavaScript! पशुचिकित्सकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका चारजना प्रहरी इन्काउन्टरमा मारिए - Merodesh.news

पशुचिकित्सकको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका चारजना प्रहरी इन्काउन्टरमा मारिए

विराटनगर २० मंसिर । भारतको हैदराबादमा महिला पशु चिकित्सकमाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेका ४ जना प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

सामूहिक बलात्कार गरि जलाएर हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाका विषयमा अनुसन्धानको क्रममा घटनास्थलमा पक्राउ परेका ४ जनालाई नै लिएर पुगेको प्रहरी टोलीमाथि हमला गर्न खोजेपछि जवाफी कारबाहीमा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उनीहरु भाग्न खोज्दा पुलिसले रोक्ने क्रममा हानेको गोली लागेर चारै जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गएराति प्रहरी इन्काउन्टरमा उनिहरु मारिएका हुन् । केही दिन अघि बेलुकी समयमा भारतको हैदरबादमा कार्यालयबाट फर्किदै गरेकी एक पशुचिकित्सको स्कुटर पञ्चर भएपछि सहयोग गरिदिने बहानामा केही पर पुर्याएर बलात्कारपछि जलाएर हत्या भएको थियो ।

ती युवाहरुले सहयोग गर्ने बताएपनि डरका कारण उनले बहिनीलाई फोन गरि समस्याका विषयमा भनेको र फोन नकाट्न आग्रह गरेको थिइन् । फोनमा गफ गर्ने क्रममै केही बेरमा उनको मोवाइल स्विच अफ भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।

रातभर खोज्दा पत्ता नलागेपनि बिहान स्थानीय व्यक्तिले जलेको शव देखेपछि प्रहरीलाई खबर गर्दा सो शव तिनै युवतीको भएको खुलेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]