Sorry, your browser does not support JavaScript! उपचार नपाउँदा स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रबाट ल्याइएका एक व्यक्तिकाे मृत्यु - Merodesh.news

उपचार नपाउँदा स्वास्थ्यमन्त्रीको निर्वाचन क्षेत्रबाट ल्याइएका एक व्यक्तिकाे मृत्यु

विराटनगर, १९  मंसिर । समयमा नै उपचार नपाएका कारण कोशी अस्पतालमा वेवारिसे अवस्थाका दुई मध्ये एक बिरामीको मृत्यु भएको छ । कोशी अस्पताल अगाडि छटपटाइ रहेका दुई बिरामी मध्ये एक जनाको उपचार अभावमा गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिकाका नागरिक छन् ।

सिकिस्त अवस्थामा रहेका उनलाई स्थानीय प्रहरीले अस्पतालसम्म ल्याएको थियो । मंगलबार अस्पताल आएका उनलाई आफन्त नभएको भन्दै अस्पतालले उपचार नगरेपछि इमरजेन्सी वार्डको निकास नालामाथि वेवारिसे अवस्थामा थिए ।  साँझ अस्पतालले दुबै विरामीलाई इमरजेन्सी वार्डमा भर्ना गरेको थियो ।

भर्ना भएका मध्ये पथरीका पुरुषको मृत्यु भएको हो । विराटनगर अशोक चोकका दिलिप मुखियाको भने उपचार भइरहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए । ‘दिलिपका आफन्तलाई अस्पतालमा बोलाएर उपचार सुरु गरेका छौं ।’ उनले भने ‘पथरीबाट आएका विरामीको भने राति मृत्यु भयो ।’

मृत्यु भएका पथरीका पुरुष संघीय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रका व्यक्ति हुन् । । भर्खरै मन्त्री बनेका ढकाल बेसाहरा र पैसा नभएका नेपाली नागरिकको उपचारको जिम्मा सरकारले लिने बताउँदै आएका छन् । तर मंगलबार बिहानदेखि कोशी अस्पताल अगाडी वेवारिसे अवस्थामा बसेका पुरुषको उपचार अभावमा मृत्यु भएको हो ।

दुईमध्ये विराटनगरका दीलिप मुखिया मुस्किलले बोल्न सक्ने अवस्थाका थिए । पथरीका पुरुषको भने उपचार नपाएका कारण अवस्था गम्भिर थियो ।

विराटनगरको अशोक चोक घर भएका ४० वर्र्षीय मुखिया सोमबारदेखि अस्पतालको इमरजेन्सी वार्डअगाडि रहेको फलैँचामा लडिरहेका थिए । पथरीका पुरुष भने इमरजेन्सी वार्ड हुँदै बग्ने निकास नालाको स्लावमाथि छटपटाइरहेका थिए । समाचार प्रकाशित भएपछि विराटनगर महानगरपालिकाले उपचारको जिम्मा लिएको थियो । दिलिपको अवस्था भने सामान्य रहेको बताइएको छ ।

यता इलाका प्रहरी कार्यालय पथरीले मृतक नागरिककाे पहिचान नुखेलकाे बताएकाे छ । इलाका प्रहरी कार्यालय पथरीका इञ्चार्ज डिएसपी लक्ष्मी अधिकारीका अनुसार ती व्याक्तिकाे स्थायी ठेगाना र पहिचान खुलेकाे छैन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]