Sorry, your browser does not support JavaScript! जाडोमा ओठ फुट्ने समस्याको सजिलो समाधान - Merodesh.news

जाडोमा ओठ फुट्ने समस्याको सजिलो समाधान

विराटनगर, १९ मंसिर । जाडोको मौसम सुरु भइसकेको छ । अधिकांश मानिसहरूलाई जाडो मौसममा छाला, ओठ सुख्खा भएर छाला फुट्ने समस्या हुनेगर्छ । मानिसको सौन्दर्यको प्रतिकको रूपमा लिइने ओठ जाडोको महिनामा अत्यधिक फुट्ने हुँदा तनावको विषय बन्न सक्छ । बाहिरको तापक्रम घट्दै गएमा ओठमा रहेको ग्रन्थिहरूले कम तेल निकाल्ने हुँदा ओठ फुट्न थाल्छ ।

ओठ सुख्खा भएर फुट्दा बोल्दा, खाँदा तथा हाँस्दासमेत पोल्ने गर्छ । त्यतिमात्र नभएर धेरै सुख्खा भएको खण्डमा दुख्ने, छाला नै निस्किने तथा रगत बग्ने सम्भावना पनि हुन्छ । चिसो मौसममा मानिसहरू धेरै प्यास नलाग्ने भएर पानी पिउन पनि अल्छी गर्छन् । शरीरमा पानीको कमीले ओठ तथा शरीरको छाला फुट्ने समस्या निम्तिने गर्छ ।

ओठ फुट्ने समस्या भएका व्यक्तिहरूलाई ओठलाई चलाउने, जिब्रोले चाट्ने, छाला निकाल्ने गर्छन् । यस्तो बानीले ओठ झनै सुख्खा भएर धेरै फुट्नुका साथै रगत पनि आउने गर्छ । ओठलाई जिब्रोले चलाउने, ओठको छाला निकाल्ने बानी गर्नु हुँदैन । सामान्य तरिकाले ख्याल गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

ओठ फुट्न नदिनका लागि विभिन्न घरेलु विधिहरू अपनाउन सकिन्छ । ओठमा मह, घिउ, नरिवलको तेल, दूधको छाली, गिल्सिरिन, बदामको तेल आदि हलुका तरिकाले लगाउँदा ओठ फुट्ने समस्या कम हुन्छ । आजकल ओठ फुट्न नदिन बजारमा सजिलै तरिकाले विभिन्न ब्रान्डका सन्सक्रिन युक्त लिप गार्ड, भ्यासेलिनको प्रयोग गर्न सकिन्छ ।

धुम्रपानका कारण पनि ओठ फुट्न, सुक्खा तथा कालो हुन सक्ने हुँदा धूम्रपानलाई त्यागेर प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ
जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो[...]

जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव
जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव

विराटनगर, ८ कात्तिक । शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व[...]