Sorry, your browser does not support JavaScript! यसकारणले रुने गर्छन् बच्चाहरू - Merodesh.news

यसकारणले रुने गर्छन् बच्चाहरू

विराटनगर, १९ मंसिर । रुनु भनेको केही व्यक्त गर्नुलाई बुझिन्छ । त्यस्तै, बच्चाहरू पनि केही कुरा ब्यक्त गर्नका वा केही भन्न खोज्दा रुने गर्छन् । बच्चा रुनु भनेको आफ्नो आमासँग सम्पर्क गर्ने एक माध्यमलाई पनि बुझिन्छ ।

बच्चाले केही बोल्न नसक्ने भएको कारणले बच्चाको मनको कुरा बुझ्न गाह्रो हुन्छ, र बच्चा बच्चा कतिखेर र किन रुन्छ भनेर आमा तथा नजिकका परिवारले बुझ्नु आवश्यक हुन्छ । बच्चाहरू धेरैजसो भोक लगेर रुने गर्छन् । बच्चालाई दूध नपुगेर पनि रुन सक्छ । बच्चाको पेट सानो हुने हुँदा एकैपटक धेरै दूध खान सक्दैन् । पटकपटक भोक लागिरहने हुँदा दिनमा कम्तीमा ८–१० पटकसम्म दूध खुवाईरहनुपर्छ ।

३ हप्ता देखि ३ महिनासम्मको बच्चालाई ग्याँसको समस्या धेरै हुने हुँदा पेटमा ग्यास जमेर पनि बच्चा धेरै रुने गर्छ । दिसा तथा पिसाब गरेर कपडा भिज्दा बच्चाले असहज महशूस गरेर बच्चा रुन थाल्छ । धेरै बेरसम्म बच्चालाई भिजेको कपडामा राख्दा बच्चालाई चिसो लाग्ने, एलर्जी हुने तथा खटिरा आउन सक्छ । त्यही भएर बच्चालाई समय समयमा दिसापिसाब गरे–नगरेको हेरी भिजेको कपडा तुरुन्त फेर्नुपर्छ ।

कहिलेकाँही बच्चालाई शरीरमा चिलाएर वा किराहरूले टोकेको कारण पनि रुने गर्छन् । बच्चाको निन्द्रा पूरा नहुँदा पनि बच्चाहरू रुने गर्छन् । बच्चालाई शान्त वातावरणमा सुताउनु गर्नुपर्छ । बच्चालाई थकान हुँदा पनि बच्चाहरू रुने गर्छन् । थाकेको कारणले उनीहरुलाई निन्द्रा लाग्दैन र झन् रुन थाल्छन् ।

बच्चाको छाला धेरै संवेदनशील हुन्छ । कोठाको तापक्रम चिसो भएमा छिट्टै चिसो र गर्मी भएमा छिट्टै गर्मी महशूस हुने कारण गर्मी तथा जाडो हुँदा बच्चाहरू रुने गर्छन् । त्यसकारण कोठाको तापक्रम सामान्य राखी, घाममा राख्ने र तापक्रमअनुसार बच्चालाई कपडा लगाइदिनु पर्छ । यदि बच्चा अचानक धेरै रुन्छ र केही छिनपछि अचानक रुन छाड्छ भने बच्चा स्वस्थ छैन भन्ने बुझ्नुपर्छ । बच्चा स्वस्थ नभएको शंका लाग्ने बित्तिकै तुरुन्त चिकित्सककोमा लानुपर्छ ।

काखमा आउनको लागि पनि रुने गर्छन् । नवजात शिशुलाई आमाको स्पर्श राम्रो लाग्ने हुँदा बच्चालाई आमाको काखमा बसिराख्न मन लाग्छ । र आमाको काखमा आउन नपाउँदा रुने गर्छन् । कहिलेकाँही बच्चा आमाको ध्यान आफूतिर आकर्षित गर्नका लागि पनि रुने गर्छन् । त्यसकारण जब बच्चा रुन्छ, बच्चालाई एकछिन काखमा बोकेर, घुमाउँदा वा साथमा रहँदा बच्चा रुन छोड्छ र रमाउन थाल्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ
जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । जाडो[...]

जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव
जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव

विराटनगर, ८ कात्तिक । शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व[...]