Sorry, your browser does not support JavaScript! साग : भुटानविरुद्ध नेपालको १ सय ४१ रनको फराकिलो जित - Merodesh.news

साग : भुटानविरुद्ध नेपालको १ सय ४१ रनको फराकिलो जित

काठमाडौं, १९ मंसिर । नेपालमा तेस्रो पटक भइरहेको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानमाथि १ सय ४१ रनको फराकिलो जित निकालेको छ ।

किर्तिपुरको टियु क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ६ विकेट गुमाउँदा ९५ रन मात्र बनाउन सक्यो ।

विशाल लक्ष्य पक्ष्याएको भुटानका लागि रनजुङ दोर्जीले २७ रन बनाए भने सोनम टोग्बेले १५ र टोब्डेन सिंगेले ११ रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । उनले ५५ बल खेल्दा ९ छक्का र ५ चौकाको मद्धतले १ सय ७ रन बनाए ।

टी–२० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रूपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए । पूर्वकप्तान पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो ।

उपकप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए ।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]