Sorry, your browser does not support JavaScript! टेरलिङको खादालाई रुद्राक्ष मालाको चुनौती - Merodesh.news

टेरलिङको खादालाई रुद्राक्ष मालाको चुनौती

विराटनगर,  नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले आफ्ना कार्यक्रमहरुमा उपलब्ध भएसम्म सबै सहभागी र अतिथिहरुलाई आफ्नै प्रदेशमा उत्पादन भएको रुद्राक्षको माला पहिर्याएर स्वागत गर्ने गरेको छ ।

रुद्राक्ष

यस्तै एक नम्बर प्रदेश सरकारले पाँचौँ साग महिला फुटबलको उपविजेतासहित २ सय ६७ खेलाडीलाई ७ साउनमा विराटनगरमा रुद्राक्षको माला लगाएर सम्मान गर्दै पुरस्कृत गर्यो । असार अन्तिम हप्ता मनमोहन पोलिटेक्निकले आयोजना गरेको रोजगार अन्र्तक्रियामा पनि सहभागी सबै अतिथिहरुलाई खादा हैन रुद्राक्षको मालाले नै स्वागत गर्यो ।

प्रतिनिधि उदाहरणहरुले प्रष्ट हुन्छ आजकल औपचारिक कार्यक्रमहरुमा अतिथिहरुलाई स्वागत गर्दा कपडाको रंगिबिरंगी खादा लगाउने प्रचलनको साटो एक नम्बर प्रदेशमै उत्पादन हुने कृषि उत्पादन रुद्राक्षको माला लगाइदिने चलन बढन थालेको छ । एक नम्बर प्रदेशको पहाडी जिल्ला संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुाटमा उत्पादन हुने रुद्राक्षको मालाले विदेशबाट आयात गरिएको कपडाको रंगिबिरंगी खादालाई आजकल चुनौती दिन थालेको छ ।

आयोजकहरुले रंगिबिरंगी कपडाको खादाभन्दा आफ्नै देशमा आफ्नै कृषकले उत्पादन गरेको कृषि उत्पादन रुद्राक्षको मालाले अतिथिहरुलाई स्वागत–सम्मान गर्न थालेका छन् । आजकल एक नम्बर प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने सरकारी र गैरसरकारी कार्यक्रममा अतिथिहरुलाई रंगिबिरंगी टेरलिंगको खादा र फूलमालाको साटो रुद्राक्षको माला नै पहिरयाएर स्वागत सम्मान गर्न थालिएको छ ।

अतिथि सत्कारमा खादाको साटो रुद्राक्षको प्रयोग बढेसँगै यसको व्यवसायिक व्यापारमा पनि बृद्धि हुन थालेको छ । पहिले पाइने सामान्य रुद्राक्षका मालाहरु आजकल विभिन्न कलात्मक फूर्काहरु लगाएर बिक्री गर्न थालिएको छ ।

व्यवसायीक खेति नहुने भएकोले फूलको माला सबै मौसममा उपलब्ध हुँदैन । विदेशबाट आयात गरेका फूलमाला विशेष अर्डर गरेर खरिद गर्दा धेरै महंगो हुन्छ । यसैले आयोजकहरुले फूलको मालाको ठाउँमा केही वर्षदेखि विभिन्न रंग र प्रकारमा सहजै पसलमा किन्न पाइने कपडाको खादाले अतिथि सम्मान गर्न थालेका थिए ।

तर, खादा पनि विदेशबाटै आयात हुने भएकोले नेपाली पैसा पनि विदेशिने गर्दछ । यसैले नेपाली पैसालाई विदेशिन नदिन र आफ्नै कृषि उद्यमलाई प्रोत्साहन गर्न सचेत आयोजकहरुले आफ्नै देशमा उत्पादन हुने रुद्राक्षको मालाले अतिथिको स्वागत सम्मान गर्न सुरु गरे । चलन बढ्दै गएपछि आजकल प्रायले खादाको साटो रुद्राक्षको माला नै स्वागत सम्मानका लागि उपयुक्त ठान्न थालेका छन् ।

रुद्राक्षको माला अतिथिहरुले लगेर घरमा पनि सजाएर राख्न वा पूजापाठ गर्न र घाँटीमा लगाए हिँड्न सक्छन । तर, खादा एक पल्ट प्रयोग भैसकेपछि अर्को काममा आउँदैन । यसैले अतिथि सत्कारमा स्वदेशको कृषि उत्पादन रुद्राक्षको मालालाई नै आयोजकहरुले रुचाउन थालेका हुन् । रुद्राक्षको माला स्वागत सम्मानमा प्रयोग गर्दा नेपाली कृषक, उद्योगी र व्यापारीहरुलाई फाइदा हुने भएकोले खादाको विकल्पको रुपमा प्रयोग गरे बर्सेनि करोडौँ रुपैयाँ विदेशिनबाट जोगाउन सकिने विराटनगर १० का केशवकुमार दास बताउँछन् । एक नम्बर प्रदेश कृषि भूमी तथा सहकारी मन्त्रालय कृषि महाशाखा प्रमुख डा राजेन्द्र उप्रेती स्वास्थ्यको दृष्टिले उत्तम हुने भएकोले सरकारका सबै कार्यक्रमहरुमा खादाभन्दा रुद्राक्ष नै प्रयोग गर्नु सही हुने बताउँछन् ।

के हो रुद्राक्ष ?

रुद्राक्ष लामा हाँगा हुने सेतो फूल–फूल्ने ठूलो जातको रुखमा फल्दै विभिन्न रेखा भएको दाना हो । धार्मिकताअनुसार यो पूजनीय बनस्पती पनि हो । उच्च पहाडी क्षेत्रमा रुद्राक्ष फल्छ । रुद्राक्षका धेरै नाम छन् । धार्मिक रूपले रुद्राक्षलाई रुद्राक्ष, शिवाक्ष, भूतनाशक, पावन, नीलकंठाक्ष, हराक्ष, शिवप्रिय, तृणमेरु, अमर, पुष्पचामर, रुद्रक, रुद्राक्य, अक्कम, रूद्रचल् आदि नामले जानिन्छ ।

रुद्राक्षमा चुम्बकीय उर्जा शक्ति हुन्छ । यसैले रुद्राक्षको माला वा बुटी लगाउँदा रामो फाइदा हुन्छ । यसले शरीरमा आउने विकारहरुलाई भगाउँछ । धेरै यात्रा गर्ने वा स्थान फेरेर बास बस्ने साधुसन्तहरुले रुद्राक्ष धेरै प्रयोग गर्न कारण पनि यही हो । अथर्व बेदमा पनि रुद्र्राक्षको फाइदाको चर्चा गरिएको छ । रुद्राक्षको विभिन्न २७ (सत्ताइस मुखे) प्रकारको हुन्छ ।

यसैले विश्वासअनुसार यसको प्रयोग गर्ने गरिन्छ । एक र नौदेखि चौधमुखी रुद्राक्ष दुर्लभ मानिन्छ । रुद्राक्ष प्रयोग गर्नका लागि रुद्राक्षको प्रकारअनुसारका भिन्न–भिन्न नियमहरु बनाइएका छन् । धार्मिकतासँग मात्र नभइ वातावरणसँग पनि जोडिएकोले विश्वबजारमा रुद्राक्षको माग बढ्दै गएको छ । र, नेपालमा पनि रुद्राक्षको खेती फस्टाउन थालेको छ । पौराणीक कथनअनुसार हिन्दू देवता शिवको आँखाबाट आँशु खस्दा रुद्राक्ष वृक्ष उत्पन्न भएको हो । बर्मा, इंग्ल्याण्ड, थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया, भारत र नेपालमा रुद्राक्ष पाइन्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]