Sorry, your browser does not support JavaScript! सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने ! - Merodesh.news

सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ ।

बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्नेछन् ।

सरकारले पेश गर्ने बजेटमा कर्मचारीको तलबभत्ता र ज्येष्ठ नागिरकलाई दिदै आाएको सामाजिक सुरक्षा भत्ता वृद्धि गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपाका नेताहरूले सार्बजनिक समारोहहरुमा कर्मचारीकोे तलब र सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ज्येष्ठ नागिरकलाई राज्यले उचित सम्मान गर्ने बताएका थिए ।

संविधानमा हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था भएकोले सरकारले बुधबार बजेट संसदमा प्रस्तुत गर्न लागेको हो ।

नेकपा नेतृत्वको सरकारले दोस्रो बजेट प्रस्तुत गर्न लागेको हो । पहिलो बजेट लोकप्रिय नभएपछि दोस्रो बजेटमा सरकारले लोकप्रिय योजनाहरु समेटेको बताइएको छ ।

बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ ।

१५ खर्ब बराबरको बजेट ल्याउन लागेको स्रोतले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु