Sorry, your browser does not support JavaScript! धरान फुटबल क्लबलाई हराउदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा - Merodesh.news

धरान फुटबल क्लबलाई हराउदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

झापा  । झापाको काँकडभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा  विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

भेट्रान फुटबल साफ महिला च्याम्पियन्सीप सेमिफाइनलमा

आर्मीले २–१ गोलअन्तरको कठिन जित निकाल्दै गोल्डकपको सेमिफाइनल प्रवेश गरेको हो । खेलको २९ औं मिनेटमा आर्मीले टंक बस्नेतको गोल गरि टिमलाई अग्रता दिलाएका थिए । खेल ४० मिनेट पुग्दै धरानले बराबरीमा ल्याउन सफल भयो । धरानका दोर्जे तामाङको प्रहार रिवाउन्स भएपछि पाएको अवसरलाई मिलन राईले गोल गर्न सफल भए ।

धरानले खेललाई बराबरीमा ल्याएको एक मिनेट पछि ४१ औं मिनेटमा आर्मीले अग्रता २–१ बनायो। सुमन अर्यालयको पासमा कप्तान नवयुग श्रेष्ठले गोल गरे। त्यसपछि कुनै टिमले गोल गर्न सकेनन । फाइनलमा पुग्न आर्मीले माइभ्याली फुटबल क्लब र थ्री स्टार क्लबबीचको खेलको विजेतासंग प्रतिश्पर्धा गर्ने छ । खेलको म्यान अफ द म्याच बिजेता टोली त्रिभुवन आर्मी क्लब सुमन अर्याल घोषित भए।

उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाएकाछन् । भोली सोमबारको खेलमा नेपाल पुलिस क्लब र भुटानको पारो एफसीबीच प्रतिश्पर्धा हुदै छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]