Sorry, your browser does not support JavaScript! कार्यकक्षमै निदाए पशु सेवा कार्यालय उर्लाबारीका प्रमुख - Merodesh.news

कार्यकक्षमै निदाए पशु सेवा कार्यालय उर्लाबारीका प्रमुख

विराटनगर । कार्यालय समयमा कर्मचारीले सेवाग्राहीको काम गर्नुपर्छ । तर आइतबार मोरङको उर्लाबारी स्थीत पशुपन्छी सेवा कार्यालयका प्रमुख भने सेवाग्राहीको काम छाडेर कार्यकक्ष मै निदाएको अवस्थामा भेटिए ।

कार्यकक्षमै निदाए

दिउँसो रिपोर्टीङकालागि पुगेका पत्रकार हरि कोइराला र तेजन खड्काले कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादवलाई मस्त निद्रामा रहेको अवस्थामा भेटिएका हुन् ।

पत्रकार हरि कोइरालाले कार्यकक्षमा निधाएको तस्वीर खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन् । रिपोर्टीङका क्रममा पुग्दा करिब पाँच मिनेट पर्खदा नउठेपछि फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गरेको कोइरालाले बताए । ‘हामी रिपोर्टीङमा गएका थियो, निदाएको देखेपछि ४–५ मिनेट पर्खियौं ।’  उनले भने ‘ नउठेपछि भिडियो र फोटो खिच्यौ ।’ यादवको कार्यकक्षमा प्रवेश गर्ने ढोका २ वटा छन् । उनी निदाएको टेबल छेउको ढोकाबाट प्रवेश गरी दुईपटक खोकेपछि यादव उठेका थिए ।

उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको सेवा कार्यालय ४ नम्बर वडामा छ । आइतबार सेवाग्राहीको चाप पनि थियो । सेवाग्राहीले ल्याएको गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा आराम गरिरहेको बेला आफ्नो फोटो खिचिदिएको यादवले सुनाए । कार्यलयमा सुत्न नमिल्ने बताउदै उनले गल्ती भएको स्वीकार गरे । ‘यहाँ धेरै सेवाग्राही आउनुहुदो रहेछ ।’ उनले भने ‘हेर्दा हेर्दै टाउको दुखेर रेष्ट गर्दा यस्तो भयो ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]