Sorry, your browser does not support JavaScript! विराटनगरमा पत्रकार तथा प्रहरी सम्मानित - Merodesh.news

विराटनगरमा पत्रकार तथा प्रहरी सम्मानित

विराटनगर।  पुर्वमन्त्री एवम संघीय संसदका सांसद शिवकुमार मण्डलले समाज र राष्ट्रलाई दिशा निर्देशगर्न पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।

सम्मानित

युवा जागरण संघले आज विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले पत्रकारहरु बौद्धिक जमात रहेको बताउनुहुंदै पत्रकारले गरेको दिसानिर्देश अग्रगमन, न्याय र समृद्धिकालागि महत्वपुर्ण हुने गरेको बताए । उनले समाजको सर्वांगिण विकासमा पत्रकारहरुले योगदान दिँदै आएको बताउनुहुंदै नेपालमा प्राप्त पछिल्लो राजनितिक उपलब्धि र आम जनताको हकअधिकार प्राप्तिमा समेत उनिहरुको भुमिका महत्वपुर्ण रहेको धारणा ब्यक्त गरे ।

सम्मानित

युवा जागरण संघका अध्यक्ष भोला यादवले सामाजिक उत्थानका निम्ति जनमत निर्माण गर्न र भएका कमी कमजोरीलाई औल्याइदिएर समाजलाई अघि बढन पत्रकार जगतले सघाउने गरेको बताए । कार्यक्रममा ५ पत्रकार तथा १ जना प्रहरीलाई सम्मान गरिएको थियो । सो अवसरमा मोरङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका नवीन कर्ण सहित जीतेन्द्र ठाकुर, ब्रह्मदेव यादव, देवनारायण साह र सत्यनारायण शर्मालाई सम्मान गरिएको थियो ।

सम्मानित

यस्तै प्रहरीतर्फ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राणालाई सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुलाई पुर्वमन्त्री मण्डल र प्रदेश एक सभा सदस्य जयराम यादवले सम्मानपत्र तथा दोसल्लाले सम्मान गर्नुभयो । कार्यक्रममा विराटनगर १४ का वडाध्यक्ष बलदेव यादव सहित विभिन्न दल आबद्ध नेताहरुको सहभागिता थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]