Sorry, your browser does not support JavaScript! प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र, सञ्जेल भन्छन् "जवाफ पठाउँछु' - Merodesh.news

प्रेमप्रसाद सञ्जेललाई अख्तियारको पत्र, सञ्जेल भन्छन् “जवाफ पठाउँछु’

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेल ,श्रम तथा रोजगार कार्यालय बिराटनगर ।

निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरमा रहँदा नियम विपरित एक महिनाको भत्ता लिएको उजुरी परेपछि अख्तियारले भ्रष्टचार विरोधी अभियान्ता सञ्जेललाई तीन दिन भित्र उपस्थीति हुन पत्र काटेको छ । उजुरी परेपछि सोधपुछकालागि अख्तीयारले पत्र काटेको हो ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न पुन सरुवा भएपछि पत्रकार सम्मेलन गरी कडा अभिव्यक्ती दिएका सञ्जेल चर्चामा आएका थिए । पछि सर्बोच्च अदालतको आदेश पछि श्रम कार्यालयमा पुनर्बहाली भएका थिए ।

निर्वाचन कार्यालय विराटनगरमा रहँदा पनि सञ्जेलको समय नपुगी सरुवा भएको थियो । निर्वाचन कार्यालयको भवन बनाउँदा गुणस्तरीय काम नभएपछि ठेकेदारको भुक्तानी रोकिदिएका सञ्जेल सरुवामा परेका थिए । तर सरुवा विरुद्ध सर्बोच्चमा रिट हालेका सञ्जेललाई सर्बोच्चले पुनर्बहाली गरेपछि निर्वाचन कार्यलयमा दुई वर्ष विताएका थिए ।

निर्वाचिन कार्यालयमा रहँदा २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गते सम्म कार्यालयमा हाजिर नगरी भत्ता, खाना र खाजा खर्च लिएको उजुरी परेपछि अख्तीयारले सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन पत्र काटेको हो ।

सञ्जेल भन्छन् स् जवाफ पठाउछु

प्रेमप्रसाद सञ्जेल अख्तियारले पत्र काटेपनि सेवाग्राहीको चापले गर्दा उपस्थीत हुन सक्ने अवस्था नरहेको बताउछन् । आफू कार्यालय छाडेर सेवाग्राहीलाई मार्का पर्ने बताउँदै उनले अख्तियारलाई पत्र जवाफ लेखेर पठाउने बताए ।

सञ्जेल अदालतले पुनरबहाली गरेपछि नियमअनुसारको तलब भत्ता सुविधा पाउनु पर्ने तर्क गर्छन् । उनका अनुसार अदालतले पुनरबहाली गरेपछि नियमअनुसारको खाइपाई आएको तलब भत्ता सुविधा पाउछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली
नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]