Sorry, your browser does not support JavaScript! तेल माग्ने प्रहरी बिभागिय कारवाहीमा - Merodesh.news

तेल माग्ने प्रहरी बिभागिय कारवाहीमा

विराटनगर । प्रहरी चौकी आएका सेवाग्राहीसँग तेल माग्ने प्रहरी हवल्दार सहित चार जना नेपाल प्रहरीको विभागिय कारवाहीमा परेका छन् ।

सवारी साधनकालागि सेवाग्राहीसँग तेल माग्ने प्रहरी चौकी गछियाका प्रहरी हवल्दार बिरेन्द्र यादवलाई विभागिय कारवाही गरिएको हो । उनले चैत १६ गते सेवाग्राहीस“ग तेल मागेका थिए । मोरङ प्रहरीले प्रहरी चौकी विराटनगर बखरीका प्रहरी सहायक निरिक्षक सन्तोषकुमार यादव, प्रहरी चौकी आपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र केशव दर्जी पनि कारवाहीमा परेका छन् ।

चैत २२ गते अनुगमनका क्रममा प्रहरी चौकी बखरीका इञ्चार्ज समेत रहेका सहायक निरिक्षक यादवले गैर जिम्मेवार र लाप्रवाही पूर्ण तरिकाले प्रहरी परिचालन गरेको भेटिएको थियो । अनुगमनकै क्रममा चैत २४ गते प्रहरी चौकी आँपगाछी मा कार्यरत भण्डारी र दर्जीले गैर जिम्मेवार तथा लापरवाहीपूर्ण तरिकाले काम गरेको पाइएपछि प्रहरी नियमावली अनुसार कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]