Sorry, your browser does not support JavaScript! सुर्तिजन्य पर्दाथ नियन्त्रण ऐन कार्यान्वयन गराउन स्वास्थ्य पत्रकारहरुको सचेतना अभियान - Merodesh.news

सुर्तिजन्य पर्दाथ नियन्त्रण ऐन कार्यान्वयन गराउन स्वास्थ्य पत्रकारहरुको सचेतना अभियान

विराटनगर। सात वर्षपहिले निर्माण भएको सुर्ति र सुर्तिजन्य पर्दाथ नियन्त्रण ऐन र नियमावलीबारे सचेत गराउन एक्सन नेपाल र स्वास्थ्य पत्रकार समाजले सचेतना अभियान सुरु गरेका छन् ।

विज्ञ, सरोकारवाला र नागरिक समाज र पत्रकारहरूलाई सहभागी गराएर स्वास्थ्य पत्रकार समाज र एक्सन नेपालले सातै प्रदेशमा ऐन कार्यान्वयन र सुर्ति र सुर्तिजन्य पर्दाथको सेवन र बेच बिखनको अवस्था र हानी नोक्सानीबारे जानकारी गराउन सचेतना अभियान थालेका हुन् ।

एक्सन नेपालका अध्यक्ष आनन्द पन्तका अनुसार अभियानमा देशका सातवटै प्रदेशका सरोकारबाला मन्त्रीहरूलाई सहभागी गराएर प्रदेशमा कानून निर्माण गरी कार्यान्वयन गराउनबारे सचेत गराउने थालिएको हो ।

जस अनुसार २१ चैतमा दुई प्रदेशको जनकपुरमा र २२ चैतमा एक नम्बर प्रदेशको विराटनगरमा सचेतनामूलक छलफल भैसकेको छ । जसले गर्दा दुवै प्रदेश सरकारले कानून निर्माण गरेर सुर्ति र सुर्तिजन्य पर्दाथको बेचबिखन र सेवन कडाईका साथ नियन्त्रण गर्ने प्रतिवद्धता जनाइसकेका छन् भने एक नम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले आफूबाटै सुर्ति निषेध घोषणा गरेर कार्यान्वयन पनि थालिसकेको छ ।

यति मात्र हैन प्रदेश एक सामाजिक मन्त्रालयले १ बैशाखदेखि प्रदेशभरिका जनस्वास्थ्य कार्यालय र निर्देशनालय अनि स्वास्थ्य विषय पढाई हुने विद्यालयहरूमा पनि सुर्ति निषेध गर्न निर्देशन गरेको छ ।

यस्तो छ एक प्रदेशमा सुर्तिजन्य पर्दाथको बेचबिखन र प्रयोगको अवस्था

सुर्ति र सुर्तिजन्य पर्दाथ बेचबिखन नियन्त्रण ऐन २०६८ ले अनुगमन गर्ने, जरिवाना गराउने र मुद्दा दर्ता गर्ने अधिकार सबै जिल्लाका सहायक जिल्ला अधिकारी र स्थानीय तहका सबै प्रमुख प्रशासकीय अधिकृतलाई दिएपनि अनभिज्ञताले गर्दा ऐन कार्यान्वयन हुन सकेको छैन ।

अझैसम्म कुनै पनि पालिका प्रशासन र प्रदेश सरकारले आफ्नो क्षेत्रमा के–कति सुर्ति र सुर्तिजन्य पसल र उद्योग छन्, सेवन र बेचबिखनको अवस्था घट्दो–बढ्दो के छ रु ऐन कार्यान्वयनमा समस्या र चुनौतीहरू के–के छ भनेर अध्यन अनुसन्धान गरेका छैनन् ।

नियमन गर्ने अधिकार भए पनि जिल्ला प्रशासन, महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूले अनुमन र कारवाहीमा चासो दिइरहेका छैनन् । सुर्ति र सुतिजन्य पर्दाथ बेचबिखन ऐन २०६८ लागू भएको सात वर्ष बितिसके पनि नियमकारी निकायहरूले कानून कार्यान्वयन नगर्दा एक नम्बर प्रदेशका सबै शहर बजार र ग्रामिण क्षेत्रका पसल र सार्वजनिक स्थलहरूमा खैनी, चुरोट र गुट्खाहरु बिक्री र सेवन गर्ने गरिएको छ ।

अझ संवेदनशिल सार्वजनिक निकायहरू विद्यालय, अस्पताल, सिनेमा हल, सार्वजनिक यातायात, सरकारी कार्यालय, सभागृह, रंगशाला आदि स्थानमा पनि खुलेआम चुरोट खैनी सेवन गर्ने चलन कायमै छ ।

संवेदनशिल स्थानमा अगुवाहरूले पनि बेवास्ता गर्दै सुर्ति र सुर्ति जन्य पर्दाथ सेवन गर्ने गरेका छन् । यसैगरी सार्वजनिक निकायभित्रै र बाहिरका पसलहरूमा खुल्लारूपले सुर्ति र सुर्तिजन्य पर्दाथ बिक्री वितरण हुँदै आएको छ । व्यस्त सडकहरूमा पनि मानिसहरू सुर्ति खैनी सेवन गर्ने गरिरहेका भेटिन्छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]