Sorry, your browser does not support JavaScript! ला लिगामा मेस्सीले बनाए यस्तो कीर्तिमान - Merodesh.news

ला लिगामा मेस्सीले बनाए यस्तो कीर्तिमान

एजेन्सी। स्पेनिस ला लिगाअन्तर्गत साबिकको विजेता टोली बार्सिलोनाले आफ्नो २२औं जित दर्ता गरायो । बार्सिलोनाले शनिबार रातिको खेलमा उपाधि दाबेदार टोली एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको उक्त रोमाञ्चक भिडन्तमा घरेलु टोलीलाई जित दिलाउन कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले समान एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले खेलको अन्तिम–अन्तिम समयमा दुई गोल लगाउँदै जित सुनिश्चित बनाएको थियो ।

खेलको ८५औं मिनेटमा स्वारेजको गोलमा अग्रता बनाएको बार्सिलोनाले त्यसलगत्तै एक गोल थप्यो । उसका लागि कप्तान लियोनल मेस्सीले खेलको ८६औं मिनेटमा गोल गरेका थिए ।

यस खेलमा एक गोल गरी जित दिलाएका मेस्सीले एउटा नयाँ रेकर्ड आफ्नो नाममा पारेका छन् । यस खेल जितेसँगै मेस्सी ला लिगाको इतिहासमै सबैभन्दा बढी खेल जित्ने खेलाडी बनेका छन् ।

यसअघि उक्त रेकर्ड रियल मड्रिडका पूर्वगोलरक्षक इकर क्यासिल्लासको नाममा थियो । उनले ला लिगामा सबैभन्दा बढी ३ सय ३४ खेल जितेका थिए । तर, मेस्सीले इकरको सर्वाधिक जित संख्याको रेकर्ड भंग गर्दै उक्त कीर्तिमानी आफ्नो नाममा पारेका हुन् ।

यसअघिको इस्पान्योलविरुद्धको खेल जितेर मेस्सीले रियलका पूर्वगोलरक्षक इकरको रेकर्ड बराबरी गरेका थिए । र, गए रातिको जितसँगै उनले इकरलाई पछि पारेका हुन् । अब मेस्सी ला लिगामा सबैभन्दा बढी खेल जित्ने एक मात्र खेलाडी बनेका छन् ।

यता जितसँगै मेस्सीको कप्तानीमा रहेको बार्सिलोना पनि उपाधि होडमा थप बलियो बनेको छ । बार्साले तालिकामा ११ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको क्लबविरुद्वको जितले बार्सिलोना उपाधि यात्रामा एक कदम अगाडी बढेको छ ।

उसले ३१ खेलमध्ये २२ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा पराजय ब्यहोर्दै ७३ अंक बनाएको छ । यता बार्सिलोनासँग पराजित एथ्लेटिकोले ३१ खेलमध्ये १८ खेलमा जित, ८ खेलमा बराबरी र ५ खेलमा पराजित हुँदै ६२ अंक बनाएको छ । लिगको तेस्रो स्थानमा रियल छ । उसँग ६० अंक छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]