Sorry, your browser does not support JavaScript! कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन - Merodesh.news

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताईंन् ।

उनले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनोट गरी जिम्मा दिइसकिएको जानकारी दिइन् । मन्त्रालयले गुरुयोजनाका लागि रु ३० लाख छु्ययाएको उनले बताईंन् । “गुरुयोजनाअनुसार विश्वविद्यालय निर्माणार्थ प्रदेश तथा केन्द्र सरकारबाट आवश्यक बजेट उपलब्ध हुनेछ”, उनले भनिन्।

विश्वविद्यालयका लागि प्रदेशसभा सदस्य हुमागाईं, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, मन्त्रालयका उपसचिव रमा मानन्धर, बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहाल, बनेपा नपा १४ नं वडाध्यक्ष गौरी राउतको टोलीले जमीनको निरीक्षण गरेको हो । विश्वविद्यलायका लागि बनेपा नपाले १४ नं वडाको १४९ रोपनी जमीन दिइने नगरप्रमुख वादेले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]