Sorry, your browser does not support JavaScript! हेलिकप्टर दुर्घटनाप्रती मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त - Merodesh.news

हेलिकप्टर दुर्घटनाप्रती मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङ

मुख्यमन्त्रीद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्री अधिकारीका साथै यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, सो प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अङ्गरक्षक नेपाली सेनाका जमादार अर्जुन घिमिरेको निधनको खबरले मर्माहत बनाएको उल्लेख गरिएको छ ।

अधिकारीको निधनबाट हामीलाई अपूरणीय क्षति भएको छ र गण्डकी प्रदेशले मात्र होइन, राष्ट्रले नै एक जुझारु र सिर्जनशील युवा नेता, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उनिद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

उनले भनेका छन्, “मन्त्री अधिकारीले आफूलाई प्राप्त हरेक राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्नुका साथै जनप्रतिनिधि, संसद्को विकास समितिको सभापति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भूमिकामा समेत आफूलाई अब्बल सावित गर्दै आउनुभएको थियो ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]