Sorry, your browser does not support JavaScript! ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी - Merodesh.news

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी

विराटनगर। ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।

प्रदेसस्तरिय समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री,कर्मचारी,सुरक्षा निकाय सहित सर्वसाधारण सहभागि भएका छन ।

सो क्रममा स्थानिय ट्राफिकचोकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरीको ब्याण्ड सहित निकालिएको प्रभातफेरीका सहभागिले संसारीमाई स्थान,रोडशेषचोकबाट जनआन्दोलनचोक हुंदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए ।

नगरक्षेत्रको अन्य भागको परिक्रमागर्दै फेरी ट्राफिकचोकमै पुगेर प्रभातफेरी समापन भएको थियो । प्रभातफेरीमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की,सामाजिक विकास मन्त्री जीवन घिमिरे, वन तथा पर्यटन मन्त्री जगदीश कुसियैत,प्रदेश एकका प्रहरी प्रमुख केदार रिजाल, मोरङका एसपी मनोजकुमार केसी लगायत सहभागि भएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]