Sorry, your browser does not support JavaScript! ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– 'तीनदिन पर्खनुहोस' - Merodesh.news

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बैंकको व्याजदर घटाउनु पर्ने माग सहित मोरङ दुई व्यापारीक संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ आन्दोलनमा उत्रिएपछि ब्याजदरको मुद्दालाई नेपाल उद्योग वाणिज्य महासंघल सबैको साझा मुद्दाको रुपमा अघि सारेको थियो ।

व्याजदरका कारण निजी क्षेत्र ससंकित बनेपछि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर ब्याजदर घट्नेमा ढुक्क हुन आग्रह गरेको छलफलमा सहभागि मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

अर्थ मन्त्री युवराज खतिवडा र उद्योगमन्त्री मातृकाप्रसाद यादव उपस्थीत रहेको छलफलमा प्रधानमन्त्री ओलीले अर्थमन्त्रीलाई तीन दिन भित्र समस्या सामधान गर्न निर्देशन दिएको मोरङ व्यपार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।

‘बैंकल सिण्डीकेट कायम गरी वृद्धि गरेको ब्याजदरका बिषयमा प्रधानमन्त्रीसँग छलफल भयो ।’ सारडाले भने ‘प्रधानमन्त्रीले व्याजदर घटाउन अर्थमन्त्रीलाई निर्देशन दिनु भएको छ ।’

मोरङबाट सुरु भएको आन्दोलनमा अन्य जिल्लाहरुको पनि एक्येवद्धता जनाएपछि उद्योग बाणिज्य महासंघपनि जोडिएको व्यापार संघका अध्यक्ष सारडाले बताए । ‘सबै जिल्लालाई आन्दोलनकालागि आह्वान पनि गरेका थियौ ।’ उनले भने ‘ जिल्लाहरुले विरोध गरेपछि महासंघले ७७ वटै जिल्लाको साझा मुद्दाको रुपमा अघि सा¥र्याै ।’ महासंघले सुरुमा मुद्दा उठाउन मानेको थिएन् । तर मोरङ दुई संस्थाले उठाएपनि जोडिएको हो ।

प्रधानमन्त्रीसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले ब्याजदरका आत्मनिर्भर बन्ने अभियानमा असर परेको बताएका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्ँ भवानी राणाले बैंकहरुले लगाएको चर्को व्याजका कारण उद्योग÷व्यवसाय धराशायी भएको वताउदै त्यसको दीर्घकालिन समाधान खोज्न सरकारलाइ आग्रह गरिन ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उत्पादन मूलक उद्योगहरूलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ प्रतिशत सम्म र व्यवासायिक क्षेत्रमा ९ प्रतिशतमा नवढाई व्याजदर कायम गर्न, र बैंकले प्रवाह गर्ने कर्जामा कम्तीमा ५० प्रतिशत उत्पादनमूलक उद्योगहरूमा सरल तरिकाले लगानी गर्ने ब्यवस्था कायम गर्नु पर्ने बताएका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बढ्दो व्याज उद्योग÷व्यवसायले धान्न नसकी उद्योग÷व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सिर्जना हुने बताए ।

उद्योगी÷व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री ओलीले उद्योग व्यवसाय क्ष्ँेत्रलाई दिईने कर्जाको व्याजदर घटाउन अविलम्ब पहल थाल्न अर्थमन्त्री डा.युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले उद्योगी÷व्यवसायीलाई आन्दोलनमा नजान अनुरोध गर्दै निर्भिक भएर स्वच्छतापूर्वक उद्योग÷व्यवसाय संचालन गर्न अनुरोध पनि गरे ।

अर्थमन्त्रीले भने : छलफल गर्न आउनुहोस

छलफलमा सहभागी अर्थमन्त्री डा.युवराज खतिवडाले उद्योगी÷व्यवसायीका तर्फबाट प्रस्तुत माग मध्ये केही माग तत्कालै सम्वोधन गर्न सकिने, केही माग सम्बोधनका लागि अन्य क्ष्ँेत्रसँग समेत छलफल गर्नुपर्ने बताए ।

उनले आगामी दिनमा करका दरहरु मिल्दै जाने, करका दरहरुमा दुविधा र दोहोरो नहुने, प्रदेश र स्थानीय स्तरमा नै उद्योग÷व्यवसाय दर्ता हुने व्यवस्था ऐनमा नै गर्ने लगायतका कामहरु भईरहेको बताए ।

प्रधानमन्त्रीले तीन दिन भित्र सम्बोधन गर्न निर्देशन दिएपछि अर्थमन्त्री डा.युवराज खतिवडाले उद्योगीलाई छलफलकालागि बोलाएका छन् । ‘अर्थमन्त्रीले केही बिषयमा भोली (सोमवार) बोलाउनु भएको छ ।’ सारडाले भने ‘ अर्थमन्त्रीले अधिकांश माग तत्काल सम्बोधन सकिने बताउनु भएको छ ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]

१८ करोड बराबरको आइपिओ बिक्री  गर्दै ग्रीन लाइफ हाइड्रो
१८ करोड बराबरको आइपिओ बिक्री गर्दै ग्रीन लाइफ हाइड्रो

काठमाडौँ। ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर९आइपिओ० बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी[...]