Sorry, your browser does not support JavaScript! फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउँदै नेकपा - Merodesh.news

फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउँदै नेकपा

विराटनगर । तत्कालीन माओवादीले ‘सशस्त्र युद्ध’ थालेको दिन फागुन १ लाई नेकपाले देशभरि जनयुद्धका सहिदहरूलाई सम्झना गर्दै स्मृति दिवसका रूपमा मनाउने भएको छ ।

तत्कालिन माओवादीले ‘जनयुद्ध दिवस’को रूपमा मनाउने फागुन १ गतेलाई नेकपाले सहिद स्मृति दिवसको रुपमा देशभर मनाउने भएको हो ।

पार्टी एकताका क्रममा दुवै पार्टीका विगतका संघर्षको सम्मान गर्ने नीतिअनुसार जनयुद्ध सुरु भएको दिन फागुन १ गतेलाई मनाउने निर्णय नेकपाले गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी केन्द्रदेखि तल्लो तहसम्म कार्यक्रम आयोजना गर्न ‘सर्कुलर’ गरेको नेकपा मोरङले जनाएको छ ।

सहिदको सम्मान र सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउन लागेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । तत्कालिन नेकपा एमालेले नमानेको भएपनि तत्कालिन माओवादीले एतिहासिक दिनको रुपमा मनाउने दिवसलाई एकीकरणपछि नेकपाले मनाउने भएको उनको भनाइ छ ।

जनयुद्ध दिवसको दिन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्मानमा श्रद्धाञ्जली सभा आयोजना गरिने छ । मोरङको पार्टी कार्यालय पाञ्चालीमा बुधबार विहान कार्यक्रम हुने र १७ वटै स्थानीय तहमा कार्यक्रम हुने नेकपा मोरङका प्रस्तावित अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

जनयुद्ध दिवसको कार्यक्रम केन्द्रमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्षद्वय ओली र दाहाल सहभागी हुनेछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]