Sorry, your browser does not support JavaScript! सम्पती हडप्न अपहरणपछि बालकको हत्या, ८ बर्षपछि ठेङवा पक्राउ - Merodesh.news

सम्पती हडप्न अपहरणपछि बालकको हत्या, ८ बर्षपछि ठेङवा पक्राउ

विराटनगर । बाललको अपहरण पछि हत्या गरेर फरार रहेका एक व्यक्तीलाई प्रहरीले ८ बर्षपछि पक्राउ गरेको छ । मोरङ रंगेली नगरपालिका वडा–४ का अमरलाल साहको १५ बर्षिय छोरा उपेन्द्र साहको अपहरण पछि हत्यामा संलग्न ठेङवा भनिने रमेश मण्डललाई ८ बर्षपछि पक्राउ गरेको हो ।

पक्राउ परेका ठेङवा भनिने रमेश मण्डल

२०६७ साल फागुन ८ गतेदेखि बेपत्ता भएका उपेन्द्रको शव चारबर्षपछि २०७१ कात्तिक १४ गते छिमेकी इनरलाल मण्डलको शौचालयको सेफ्टी ट्याङकीमा भेटिएको थियो । मृतककै भिनाजु शम्भु साहले मण्डलस“ग मिलेर अपहरणपछि हत्या गरेर छिमेकीको शौचालयमा फालेका थिए । शौचालय सफा गर्ने क्रममा भेटिएको मानव कंकाल र कपडा भेटिएपछि सोधपुछ गर्दा उपेन्द्रको भएको पत्ता लगाएको थियो ।

कंकाल भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले मृतककै भिनाजु शम्भु साहको योजनामा अपहरण गरी हत्या पत्ता लगाएको थियो । अपहरण गर्ने योजनामा रमेश मण्डल समेत सहभागि भएका थिए । साह अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका छन् ।

मण्डललाई उच्च अदालत विराटनगरले मण्डललाई २० बर्षको कैद फैसला सुनाएको थियो । फैसला पछि भारतमा लुकिछिपी बस्दै आएका मण्डललाई शुत्रवार रंगेली आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका मण्डललाई जिल्ला अदालत मोरङले २०७३ बैसाख २८ गतेको एक बर्ष ५ दिन सजायको फैसला गरेको थियो । तर सोही मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेठ ३० गते मण्डललाई २० वर्ष कैद सजायको फैसला गरेको थियो ।

फैसला पछि फरार रहेका ठेङवा भारतमा लुकी छिपी वस्दै आएका थिए । लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले माघ २५ सीमावर्ती क्षेत्रमा आएको बेला पक्राउ गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]