Sorry, your browser does not support JavaScript! प्रदेश राजधानी बहस : विराटनगरको पक्षमा प्रधानमन्त्री सकारात्मक - Merodesh.news

प्रदेश राजधानी बहस : विराटनगरको पक्षमा प्रधानमन्त्री सकारात्मक

विराटनगर । प्रदेश सरकार गठन भएको एक बर्ष पूरा भयो । एक बर्षको अवधीमा २३ वटा ऐनको विधेयक तयार पारेको सरकारले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन सकेको छैन् ।

प्रदेश राजधानी बहस
प्रधानमन्त्री ओलीका साथ् विराटनगरका

प्रदेश सरकार जारी हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने तयारीमा छ । बर्खे अधिवेशनमा पनि प्रदेश सरकारले राजधानीको मुद्दामा बहस सुरु गरेको थियो । तर राजधाीको मुद्दाले प्रबेश नभई बर्खे अधिवेशन सकिएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी हिउदे अधिवेशनबाटै राजधानीको मुद्दा टुंगो लगाउने बताउछन् । केहीदिन अघि पत्रकार सम्मेलन गरी उनले उनी प्रदेश सरकारले सबैलाई समेटेर चित्त बुझ्दो हिसाबले राजधानी र नामको बिषय टुंगो लगाउने जानकारी दिए ।

प्रदेश सरकारले जारी अधिवेशनमा स्थायी राजधानी र नामको टुंगो लगाउने तयारी थालेपछि अस्थायी राजधानी विराटनगर, धनकुटा र इटहरीले पनि राजधानीकाकालागि लबिङ गरिरहेका छन् ।

राजधनी मागको मुद्दा पेचिलो बन्दै गएको बेला विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बुधवार प्रधानमन्त्रीलाई भेटेका मेयर पराजुलीले विराटनगरलाई नै स्थायी राजधानी बनाउन पहल गरिदिन आग्रह गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले विराटनगर प्रति आफू सकारात्मक भएको प्रतिक्रीया दिएका थिए । ‘प्रधानमन्त्री विराटनगरलाई प्रदेश राजधानी बनाउने बिषयमा सकारात्मक हुनुहुन्छ ।’ पराजुली भन्छन ‘ विराटनगरको समग्र विकासमा प्रधानमन्त्री पोजेटिभ हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीसँग साढे २ घण्टा विकास निर्माणका बिषयमा छलफल भएको पराजुलीले बताए । ‘विराटनगर विमानस्थल र रिङरोड सरकारको प्रथमिकतामा पर्नुपर्छ भनेको छु ।’ उनले भने ‘प्रधानमन्त्रीज्यूले विराटनगर विमानस्थलको स्तरउन्नती प्राथमिकतामा राखिएको बताउनु भयो ।’

प्रधानमन्त्री ओलीलाई ऐतिहासिक विराट राजाको दरबार, सिङिया र केसलियालाई तटबन्धन गरि ग्रीनबेल्ट बनाउने लगायत बिषयमा पनि सहयोग गर्न आग्रह गरिएको पराजुलीले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]