Sorry, your browser does not support JavaScript! नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच - Merodesh.news

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे । तर बीस बर्स पुगीसक्यो होला उनीहरुले यो नाच देखाएका छैनन् ।

विदापत

पश्चिमा सँस्कृतीकरणले गर्दा नाच नचाउने चलन हराएपछि उनीहरु फुर्स्दिला बनेका हुन् । चारैतिर यो नाचको मागहुँदा उनीहरुलाई नाच प्रर्दशन गर्न जान भ्याई नभ्याई हुन्थ्यो । त्यो बेला उनीहरुको शानमान पनि बेग्लै थियो । सधै व्यस्त हुन्थे, आम्दानी पनि टन्न हुन्थ्यो । राम्रो नाच देखाएको भन्दै दान बक्सिस पनि टन्न पाउँथे । तर आजकल उनीहरु घरमा समान्य खेतीपाती गरेर जीवन धानीरहेका छन् ।

मैथिली सँस्कृतीमा ‘विदापत’ नाच समाजिक सँस्कृतिको अभिन्न अंङ मानिन्थ्यो । पहिले कसैको घरमा पुजा, विवाह, न्वारन, पास्नी, मुण्डन आदि कुनैपनि समाजिक उत्सव भए ’विदापत’ नाच नचाएर पाहुनाहरुलाई मनोरञ्जन गराउने चलन थियो । यो नाच नचाउँदा उत्सवको गौरवपनि बढथ्यो भने भरपुर मनोरन्जन पनि हुन्थ्यो ।

तर आजकल पश्चिमी सँस्कृतीको प्रभावले ‘विदापत’ नाच लोप भैसकेको छ । पहिले सक्दिन र भ्याउदिन भन्दा पनि धर नपाउने कलाकारहरु आजकल फुर्स्दिला मात्र बनेका छैनन् उनीहरु नाच नाच्ने अन्तिम पुस्ताका कलाकार पनि बन्न पुगेका छन् ।

यसैले उनीहरुलाई आफनो जीवनको भन्दा पनि आफुहरुले नाच्दै आएको नाच लोपभएको चिन्ताले बढी सताएको छ । जीवनभर ’ विदापत’ नाचेका कलाकार रामेश्वर मण्डल भन्छन – “विदापत’ नाच मैथिल मौलिक सँस्कृति हो तर नयाँ पुस्ताले नबुझदा हामी पछि त लोप नै हुनेभयो ।”

‘विदापत’ नाच भगवान कृष्णको जीवन चरित्रलाई आधार बनाएर नाचिने लोकनृत्य हो । यो एउटा गीति नाटक जस्तै नृत्य हो । यो नाच ऋतु र सयम अनुसार अवस्था हेरेर कृष्णको जीवन चरित्र चयनगरि नाच्ने गरिन्छ । जसमा कृष्णको बाललिला, दान लीला, भावलिला(राधा र कृष्णको लिला), दधिला(ग्वालाको लिला) र रासलिला (गोपीनीसँगको लिला) पर्दछन् ।

पुर्बी नेपाल र भारतको विहार राज्यको पुर्वी जिल्लाहरुमा प्रचलनमा रहेको यो नाच नाच्न जम्मा ६ जना मात्र कलाकार चाहिन्छन् । एक जना सुत्रधार हुन्छ । जसले चयन गरिएको कृष्णको लिलालाई गीतीलयमा संगितमय शैलीमा कहन्छ । अर्को पात्र ’बिक्टा ’ हुन्छ (जसलाई जोकर भन्न सकिन्छ) । बिक्टाले सुत्रधारले कहेको संगीतमय कथालाई समाजिक बिकृती विसंगतीसँग जोडेर व्यङग गर्छ र सुत्रधारले उसको व्यंगलाई सुधार्दै गीतीलयमै जवाफ दिन्छ ।

अर्को एक जना पुरुष महिलापात्र बन्छ , उ आवश्यकता अनुसार राधा , यशोदा वा गोपनी बन्छ । उसले महिलाको पोशाक लगाएर मारुनीको रुपमा नाच मार्फत कला प्रर्दशन गर्छ । बाँकी तीन जना कलाकारहरु कथाको भाका अनुसार बाजा बजाउन खटिन्छन् । एउटा लिला कम्तीमा पनि तीन घण्टाको हुन्छ । जुन निरन्तर चलिरहन्छ । यो नाच देखाउँदा कलाकारहरुले मञ्च प्रयोग गर्दैनन् ।

सडक वा आगँनलाई नै मञ्चको रुपमा प्रयोग गर्छन् । दृश्यपनि परिवर्तन हुदैनन् । भेषभुषा एउटै हुन्छ । ‘विदापत’ नाचको संरक्षणमा जुटेका विराटनगरका नाटय कलाकार निर्देशक रामभजन कामतका अनुसार यो नाच्न कलाकारहरुमा भरपुर कलाको शक्ति चाहिन्छ । साधारण नाटकमा खेल्ने वा नाच नाच्ने कलाकारहरुले यो नाच नाच्न सक्दैनन् ।

‘विदापत’ नाच केहीबर्ष अधिसम्म मैथिल सँस्कृतिमा लोकप्रिय थियो । सबैले विबाह , मुण्डन, र अन्य समाजिक सस्कारहरुमा कलाकार बोलाएर प्रर्दशन गराउँथे । तर आजकल त्यो चलन हटिसकेको छ । त्यसको ठाउँमा बैण्डबजा, भारी आवाज भएका साउण्ड स्टिम , सिनेमा संगीत र अर्केस्टाहरुले लिएका छन् ।

मिथिला संगीत तथा नाटय कला प्रतिष्ठानको अगुवाईमा लोप हुन लाागेको मैथिल सस्कृतिको खोजमा जुटेका नाटय कलाकार निर्देशक कामतका अनुसार ‘विदापत’ नाच नाच्ने कलाकारहरु सिँगो देशमा खोज्दा बल्ल मोरङको सिसबनी जहदामा चारजना निष्कृय अवस्थामा फेला पारेका थिए । त्यसपछि उनको समुहले भारत विहार राज्यको अरिरिया जिल्लामा समेत खोजेर दुई जना कालाकार थपेर २१ बैसाख २०७१ मा विराटनगरको आरोहरण गुरुकुलको शुसिला कोईराला नाटकघरमा नाच प्रर्दशन गराएका थिए ।

लोप हुन लागको नाच हेर्न भारतबाट आएका मैथिलसाहित्यकार गौरीनाथले नाच हेरिसकेपछि भनेका थिए – “चालिसवर्ष यता मैले यो नाच हेर्न पाएकौ थिईन आज बल्ल हेर्न पाएँ नयाँ पुस्ताले ग्रहण नगर्दा मैथिल लोकसँस्कृती लोप भएर गैसक्यो ।” सस्कृतिविदहरुका अनुसार ‘विदापत’ नाच पुस्ताहस्तान्तरण हुँदै आउने लोकनाच हो । तर नयाँ पुस्ताले ग्रहण नगर्दा सिसवनी जहदाका कलाकारहरु नै यो नाचका अन्तिम पुस्ता हुन पुगेका छन ।

मैथिल सँस्कृतिमा झण्डै एक हजार बर्ष पुरानो मानिने यो नाच केही बर्ष अघिसम्म मैथिल समाजकोे अभिन्न अङ्ग थियो । यो नाच गाउँघरमा नचाउँदा समाजिक प्रतिष्ठाको विषय हुन्थ्यो भने मानिशहरु पनि भरपुर मनोरञ्जन लिन्थे । नाच्ने कलाकारहरुको पनि खुबै प्रशंसा हुन्थ्यो ।

गाउँमा नाच हेर्न सयौ मानिशहरु जम्मा हुन्थे । लोप प्राय भैसकेको यो लोकनृत्यलाई जोगाउन तल्लिन रहेका जनकपुरका मैथिल साहित्यकार रमेश रन्जनका अनुसार आधुनिक बैण्डबाजा र भडकिलो सिनेमासँगीतको प्रयोगले गर्दा यो नाचलाई नयाँ पुस्ताले रुचाउन छाडेको हो ।

रन्जन भन्छन,– “आजकल कुनैपनि पुजा, समाजिक समारोहमा आफनो लोकनृत्य ‘विदापत’ नचाइदैन वरु भडकिलो बजा र सिनेमा संगीत नै लगाईन्छ ।, विराटनगरका चित्रकार एससी सुमन पनि मैथिलसँस्कृतीको अभिन्न अंग रहेको लोकनृत्य ‘विदापत’ नाच लोप भएकोमा चिन्तत छन् ।

उनी आफनो सस्कृती जोगाउन नयाँ पुस्ताहरुलाई सचेत हुन आग्रह गर्छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]