Sorry, your browser does not support JavaScript! हत्यापछि त्रासमा सुकुम्बासी बस्ती - Merodesh.news

हत्यापछि त्रासमा सुकुम्बासी बस्ती

विराटनगर । गत माघ १३ गते संघिया खोलामा ११ बर्षिय बालिका रुपमती दास(रुमती)को विभत्स शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी भुट्टु भनिने अब्बास अन्सारी र चन्दु महतोलाई सार्बजनिक ग-र्याे ।

दासको बलात्कारपछि हत्यामा गरेको आरोपमा आइतबार सार्बजनिक गरेका व्यक्ती मृतक बालिकाका छिमेकी हुन् । अब्बासको घर पुग्न रुमतीको घरकै गल्लीबाट जानुपर्छ । चन्दुको घर पूर्व पट्टी पर्छ ।

बालिकाको शव भेटिएपछि असुरक्षित महसुस गरेको टोलबासी हत्या आरापी सार्बजनिक भएपछि पनि सुरक्षित महसुस गर्न सकेका छैनन् । अझ अब्बास र चन्दुको परिवार बढी त्रासमा छ । ‘दिउसो त जसोतसो बस्छौ ।’ अब्बास की बहिनी अवसना खातुनले भनिन ‘ आफ्नै घरमा राती बस्न धेरै डर लाग्छ ।’

अब्बासकी श्रीमती रबिना भने केहीसमय यता दुई सन्तान सहित माइत बस्दै आएकी छन् । घरमा बुबा र दुई बहिनी मात्र छन् । बुबा दिनभरी काममा जान्छन् । घटना पछि खोला किनारा बस्दै आएको अब्बासको परिवारले असुरक्षित महसुस गरिरहेको छ ।

स्कुल जान डराउछिन रिजवाना

अब्बासकी कान्छी बहिनी रिजवाना र मृतक बालिका रुपमती साथी साथी हुन् । साथीकै हत्या भएपछि अब्बासकी कान्छी बहिनी रिजवाना घटनापछि स्कुल जान सकेकी छैनन् । उनी नारायण आधारभूत स्कुलमा कक्षा तीनमा अध्ययनरत छिन् । तर रुपमतीको हत्यापछि स्कुल जान पनि डर लागेको उनले बताइन् ।

हत्यापछि पछि चन्दुको परिवारपनि त्रासमा छ । बालिकाको शव भेटिएपछि उनकी आमा गनियादेवी दुई दिन छिमेकी रुनादेवी मुखियाको घरमा बास बसेकी थिइन् । दैनिक मजदुरी गर्ने उनी त्रासमा बस्दै छिन् । रुपमतीको दासको परिवारले पनि सुरक्षित महसुस गरेको छैन् ।

चन्दु, अब्बास र रुमतीको परिवार मात्र होइन विराटनगर–८ बलुवाई टोलका सुकुम्बासी बस्ती नै त्रासमा छ । ‘साझ परेपछि कोठाबाट निस्कन धेरै डर लाग्छ ।’ स्थानीय रामवती शर्मा भन्छिन ‘पापीले बच्चालाई त छाडेनन् ।’

स्थानीय लालु दास प्रहरीले हत्या आरोपीलाई समातेपनि लागुऔषध प्रयोकर्ताहरुले अझै गाउमा त्रास पैदा गरेको बताउछन् । ‘राती राती घरमा ढुंगा हान्छन ।’ उनी भन्छन ‘ गाली नगरे सम्म भाग्दैनन् ।’

बालिकाको हत्या हुन अघि बुलवाइ मै रहेको निर्माणधिन पशु बधशाला लागुऔषध प्रयोगकर्ताको अड्डा थियो । घटनापछि बधशालामा दुब्यसनी भेला भएका छैनन् । तर बालिकाको घरदेखि पूर्व तर्फ रहेको खाली चौरमा जाने गरेको स्थानीयले बताए । तर प्रहरीले लागु औषध प्रयोगकर्तालाई कारवाही गर्न सकेको छैन् ।

डिएसपी भन्छन– ‘ हामी निरन्तर गस्ती गर्दैछौँ ’

पछिल्लो एकसाता यता विराटनगर ८ बलुवाई आसपास प्रहरीको उपस्थीति बाक्लो छ । तर स्थानीयले सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । दैनिक र रात्री गस्ती बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

‘छिमेकमा घटना भएकाले हामी डोर टु डोर अभियानमा छौ ।’ उनी भन्छन ‘ स्थानीयको समस्या बुझेर सुरक्षाको प्रत्याभूति दिलाउछौं ।’ प्रहरीले लागुऔषध प्रयोगकर्ताको अड्डा पनि हटाइदिएको उनको दाबि छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]